साताका उत्कृष्ट ११ तस्विहरु : इन्डोनेशियाको बाढीदेखि अमेरिकाविरोधी र्यालीसम्म प्रकाशित मिति : 5 January, 2020 1:41 pm गत हप्ता संसारभरि खिचिएका विभिन्न घटनासँग सम्बन्धित केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ। MUHAMMAD IQBAL / REUTERSIजकार्तानजिकै बाढीग्रस्त एक स्थानमा ज्यानुअरी १ मा एक शिशुको उद्धार गरिँदै। ठूलो वर्षापछि आएका बाढी र पहिरोका कारण कम्तीमा २० जनाको मृत्यु भयो भने हजारौँ मानिसहरू विस्थापित भए। EPAअस्ट्रेलियाको भिक्टोरिया राज्यको ईस्ट गिप्स्ल्यान्डमा देखिएको धुवाँको मुस्लो।अस्ट्रेलियामा फैलिएको डढेलोका कारण केही मानिसको मृत्यु भएको छ भने हजारौँ मानिसहरू प्रभावित PRAKASH MATHEMA /सौराहामा आयोजित हात्तीको सौन्दर्य प्रतियोगिताका लागि एउटा हात्ती सिँगारिँदै। चितवन राष्ट्रिय निकुञ्जनजिकै प्रत्येक वर्ष आयोजना हुने हात्ती महोत्सवमा हात्ती पोलो खेल पनि समावेश हुन्छ। JAIME REINA / AFP स्पेनको इबीमा आयोजित एउटा २०० वर्ष पुरानो पर्वमा एकअर्कालाई पिठो र अण्डा दल्दै सहभागीहरू। उक्त पर्वमा सैन्य पोसाक लगाएका सहभागीहरूले उक्त नगरलाई आफ्नो नियन्त्रणमा लिएको नाटक गर्छन्। FAROOQ KHAN / SHUTTERSTOCKभारतको श्रीनगरको तङ्गमार्गस्थित एउटा जमेको झरनामा माछा मार्दै एक व्यक्ति। MLADEN ANTONOV / AFPब्याङ्ककमा एउटा सडक महोत्सवमा आयोजित चिनियाँ साङ्गीतिक कार्यक्रमका बेला आराम गर्दै एक कलाकार। MOHAMED EL-SHAHED / AFPइजिप्टको राजधानीस्थित प्रहरी तालिम केन्द्रमा प्रशिक्षार्थीहरू। DOMINIC LIPINSKI / PA MEDIAलन्डनस्थित चिडियाखानमा स्क्विरल मङ्की प्रजातिका बाँदरको सङ्ख्या गन्दै एक कर्मचारी। HEMANTA KC / RSSकर्णाली प्रदेशको जाजरकोट-डोल्पा सडकखण्डमा पुल नहुँदा भेरी नदीमाथि तुइनबाट एउटा सवारीसाधन तारिँदै। अस्ट्रियाको इन्जब्रूकमा आयोजित स्की जम्प प्रतियोगिताका लागि अभ्यास गर्दै नर्वेका एक खेलाडी। ABEDIN TAHERKENAREH / EPAइराकको राजधानी बग्दादमा अमेरिकाले आक्रमण गरेर इरानका वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानीलाई मारिदिएपछि तेहरानमा च्यातिएको अमेरिकी झण्डापछाडि देखिएका एक स्रोत : बीबीसी