चोटका कारण कप्तान ह्यारी केन तीन साता मैदान बाहिर रहने

काठमाडौं पौष १८, शुक्रबार, / इंग्लिस क्लब टोटेनहम हस्टपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केन तीन साता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण कप्तान केन तीन साता मैदान बाहिर रहने भएको क्लबले उल्लेख गरेको छ ।

केनले नयाँ वर्षको दिन साउथह्याम्पटनसँग १–० ले पराजित भएको खेलमा चोट बोक्न पुगेको थिए । खेलको ६५औं मिनेटमा केन चोट बोक्दै मैदानबाट बाहिरिएको थियो । केनको बिहीबारको प्रारम्भिक परीक्षणबाट तीन साता आराम गर्नुपर्ने उल्लेख छ । शुक्रबार विस्तृत परीक्षणपछि उनी कति साता मैदान बाहिर रहने भिन्ने बारे निर्णय हुनेछ ।

चोटसँगै केनले तीन साताको अवधिका महत्वपुर्ण खेलहरु गुमाउनेछन् । केनले मिडल्सवर्गसँगको एफए कप, प्रिमियर लिगमा लिभरपुल, वाटफोर्ड र नर्विच सिटीसँगको खेल गुमाउनेछन् । केनले २ फेब्रुअरीमा म्यानचेस्टर सिटीविरुद्धको खेलबाट पूनरागमन गर्न सक्नेछन् । १६ फ्रेब्रुअरीमा घरेलु मैदानमा हुने आरबी लेइपजिगसँगको खेलका लागि केन तयार हुन सक्नेछन् ।

केन तीन साता मैदान बाहिर रहने पक्का भएसँगै प्रिमियर लिगमा चौथो स्थानको चेल्सी पछ्याइरहेको टोटेनहमलाई झनै समस्या हुन सक्नेछ । केनको विकल्पमा प्रशिक्षक मौउरिन्होलाई खेलाडी छनोटमा पनि समस्या हुन सक्नेछ । प्रतिबन्धपछि ह्युङ मिन सन टोलीमा फर्किएका छन् । लुकास मौउरा र टिरोए पारोटलाई प्रशिक्षक मौउरिन्होले विकल्पको रुपमा अघि सार्न सक्नेछ ।टोटेनहम ३० अंक जोडेर छैटौ स्थानमा रहेको छ । एजेन्सी –


प्रतिक्रिया दिनुहोस्