सुनको मूल्य बढ्यो

काठमाडौं असोज ३ / बिहीबार घटेको सुनको मूल्य शुक्रबार पुनः बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ।

चाँदी तोलामा ८ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन ७० हजार ७ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदी प्रतितोला ८५५ कारोबारमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्