सांसद बनेपछि नायक सनी देओलकोे पारिश्रमिक वृद्धि

सांसद बनेपछि सनी देओलले फिल्मको पारिश्रमिकमा वृद्धि गरेका छन् । यसको पहिलो साक्षी फतेह सिंह बन्यो । फिल्मसँग जोडिएका नजिकको स्रोतका अनुसार फतेह सिंहका लागि सनी देओलले ५ करोड भरुको माग गरे, जो निर्माण पक्षलाई धेरै लाग्यो ।

फिल्मको धेरैजसो सुटिङ लण्डनमा हुने निश्चित भएको, हुँदा त्यहाँका कास्ट र क्रु मेम्बर्ससहित ठूलो संख्यामा त्यहाँका स्थानीय कलाकारको पनि कास्टिङ हुने भएकाले नायकलाई पाँच करोड दिन नसक्ने निर्माण पक्षको भनाई छ । त्यसकारण फतेह सिंहमा अन्य हिरो लिइने निर्णय लिइएको जानकारीमा उल्लेख छ ।

राजकुमार सन्तोषीको ड्रिम प्रोजेक्टःफतेह सिंह राजकुमार सन्तोषीको ड्रिम प्रोजक्ट हो । उनी लामो समयदेखि यो बनाउन लागीपरेका छन् । योमार्फत्, उनी सनी देओलसँग बिग्रिएको सम्बन्ध सुधार्न जुटेका थिए । तर उनको यो आशा अब पूरा नहुने भएको छ ।

विशेषगरी यसका निर्माताले सनी देओलको साटो साउथका कुनै ठूला नायकलाई फिल्ममा अनुबन्ध गराउने निर्णय लिएका छन् । टिभीमा साउथ इन्डियन फिल्मको हिन्दी डब भर्सनले हिन्दी बेल्टमा त्यहाँको कलाकारको चर्चा चुलिएको छ । उनीहरुलाई चिन्न मानिसलाई कुनै समस्या हुनेछैन ।

अहिलेको समयको कहानी हो फतेह सिंहःफतेह सिंह पिरियड ड्रामा नभई आजको समयको कहानी हो । सुरुमा यो पिरियड ड्रामा भएको हल्ला फैलिएको थियो । फिल्म पंजाबदेखि लण्डन सर्ने युवाको कहानी हो । नायक पंजाबबाट लण्डन पुग्छन् । त्यहाँ उनी बम डिफ्युज गर्ने साथीसँग काम गर्न थाल्छन् ।निर्माणपक्षले कुन कलाकारलाई फतेह सिंहको भूमिका दिनेछन् भनेर हेर्न बाँकी नै छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्