दाहाललाई धेरै विश्वास गरें, एकताको प्रक्रियामा अध्ययन नै नगरी सहमतिपत्रमा हस्ताक्षर गरें :ओली प्रकाशित मिति : 2 July, 2019 7:21 am काठमाडौं १७ असार, रप्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् । पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ । उहाँ ९पुष्पकमल दाहाल० ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ । त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ ।’ सहमति बीचमै सार्वजनिक भएपछि र सहमतिका विषयमा अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वातामै खुलाएपछि नेकपाभित्र विवाद देखिएको थियो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले यो समाचार लेखेका छन् ।