मलेसियाबाट फर्केलगतै गम्भिर विरामी अन्जान यक्सोलाई ताप्लेजुङ युवा समाजको आर्थिक सहयोग

काठमाडौं १० चेैत/ मेरिङ्देन – २ साविक सान्थाक्रा निवासी अन्जान यक्सो लिम्बुलाई ताप्लेजुङ युवा समाजले रु ६ हजार आर्थिक सहयोग गरेको छ ।

मित्रपार्क स्थित दिर्घायु गुरु हस्पिटलको आईसिइयुमा उपाचाररत लिम्बुको दिदिलाई हस्पिटलमा भेटि सङ्स्थाको अध्यक्ष मुक्ती लाबुङ , कोषाध्यक्ष मिङ्मा डन्डु शेर्पा , महासचिव निरोज लिबाङ , अनुशासन विभाग प्रमुख धन्जित साम्बा , साङ्कृतिक विभाग प्रमुख दावा छिरिङ शेर्पा र सदस्य लक्ष्मी लिम्बुले आर्थिक सहयोग प्रदान गरेका हुन ।
युवाहरुसङग धन नभए पनि मन छ , सबै कुरा धन होईन त्यसैले अलिकती भए पनि आफ्नै युवाहरुको गोजिबाट खाजा खाने खर्च कटाई बिरामीलाई केही प्रोत्साहन दिलाउन युवाहरुले मनैबाट सहयोग गरेका छन , थोरै भए पनि एउटा औषधी किन्न सहयोग गरेको अध्यक्ष लाबुङ्ले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्