देशभर कांग्रेसको प्रदर्शन, सरकार विरुद्ध सडकबाट उठाउँदै यी ११ मुद्दा प्रकाशित मिति : 4 February, 2019 1:12 pm काठमाडौं / मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गर्दै सरकारविरुद्ध सडकमा उत्रिएको छ । दुई तिहाइको भरमा सरकारले प्रमुख प्रतिपक्षी दलको आवाज सुनुवाइ नगरेको भन्दै बिच्किएको कांग्रेसले सरकारको कार्यशैलीविरुद्ध ११ वटा मुख्य मुद्दा उठाउँदै आज देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन भइरहेको जनाएको छ । त्यसका लागि धेरैजसो शीर्ष नेताहरू गृह जिल्ला पुगिसकेको कांग्रेसले जानकारी दिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ तथा महामन्त्री डा। शशांक कोइरालाले नवलपुरको विरोध सभामा सहभागी हुँदैछन् । यसैगरी पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन् । चितवनको सभा अहिलेसम्मकै विशाल हुने उनले दाबी गरेका छन् । यसैगरी शेखर कोइराला मोरङ तथा युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुनेछन् । काठमाडौंमा विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने बताइएको छ । सभालाई कांग्रेसका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् । ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टा छुट्टै कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ । यी हुन् कांग्रेसले उठाउने ११ मुद्दा १० संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा। गोविन्द केसीको अनसनप्रति संवेदनाहीन व्यवहार । २० स्व। नेताहरू ९गिरिजाप्रसाद कोइराला र सुशील कोइराला० का नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको असफल प्रयास । ३० प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक डाकेर नियुक्तिका घटना । ४० देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको मुद्दा । ५० महँगी, भ्रष्टाचार एवं अनेकौं निर्णयहरू । ६० जिल्लास्तरमा मुद्दाहरू । ७०। वाइड बडी जहाज खरिदमा भएको अर्बौं घोटालाबारे गम्भीर ढंगले गहिरो छानबिन गर्न आवाज उठाउने । ८०। नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने बुढीगण्डकी बहुउद्देश्यीय परियोजना बिनाप्रतिष्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछिल्तिर, के रहस्य लुकेको छन् । ९० आवश्यकता भन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी, निजगढ विमानस्थल निर्माण प्रकृयामा ढिलासुस्ती । १०० ३३ किलो सुन काण्डमा ‘ठूला माछा’ सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्तिअनुरुप ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन भन्ने मुद्दा । ११० प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्यभन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचार ।