एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँए बारा / एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ , पक्कै पनि अनौठो मान्नु होला । बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो दृश्य देखियो । यो कानुनविपरीतको काम गरेका छन्, राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले । उनीहरूले चोरीका तीन गाडीलाई यसरी एउटै नम्बर राखेर प्रयोग गरिरहेका हुन् । एक वर्षअघि अवैध चाँदीसहित बा १२ च ६७९० नम्बरको सुजुकी वाग्नर कार बरामद गरिएको थियो । त्यही नम्बरलाई राजस्व अनुसन्धानका कर्मचारीले अन्य दुई गाडीमा पनि दुरुपयोग गरेका हुन् । कार्यालय प्रमुख राजनकुमार बिसीकै निर्देशनमा सिमराको एक आर्ट्स हाउसमा एकसाताअघि दुवै गाडीमा नम्बरप्लेट राखिएको राजस्व अनुसन्धान कार्यालय स्रोतले बतायो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।