निर्मला हत्या प्रकरणः सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर भएन


0
Shares

कञ्चनपुर / निर्मला हत्या भएको साउन १० गते ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर हुन नसकेको प्रहरीले बताएको छ।

प्रमाण नष्ट गर्ने क्रममा सिसी क्यामेराका फुटेज पनि डिलिट गरिएको भन्ने आवाज उठेपछि ती फुटेज रिकभर गर्न नेपाल प्रहरीमा रहेको एक मात्र डिजिटल फरेन्सिक ल्याब काठमाडौंमा पठाइएको थियो।

‘हामीले ओपेरा होटल र महेन्द्रनगरमा रहेका १६ वटा सिसी क्यामेराका डिलिट भएका फुटेज रिकभर गर्न पठाएका थियौं,’ कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले भने, ‘डिलिट भएको १५ दिनसम्मको फुटेज मात्र रिकभर हुन्छ तर एक महिनापछि फुटेज पठाइएकाले रिकभर हुन नसकेको हो।’
आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्