सुधागरगृहमा पनि यौन दुराचार, २१ जनालाई उद्धार

काठमाडौं   /  सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले सुधारगृहका कर्मचारी ३६ बर्षीया सुदीप ढुंगानलाई फक्राउ गरेको । उनले नौ महिनादेखि सुधारगृहमा रहेको १४ बर्षीय बालक र २१ बर्षीय युवकलाई यौन दुराचार गर्दै आएका थिए ।, आजको नयाँ पत्रिकामा समाचार छपिएको  छ ।


प्रतिक्रिया दिनुहोस्