संसारभर निशुल्क वाईफाई उपलब्ध गराउँने तयारी गर्दै चीनियाँ कम्पनी

बेइजिङ / चिनीयाँ एक इन्टरनेट कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारी स्वरुप उपग्रह लिएर आएको छ । यसको उद्‌घाटन भने आउँदो बर्ष हुने छ।लिंकश्योर नेटवर्क कम्पनीका अनुसार उपग्रह चीन को पश्चिमउत्तरमा रहेको गाँन्सु प्रान्तमा जियुकान सेटेलाइट लञ्च सेंटरमा आउँदो बर्ष उद्‌घाटन गरिने छ। २०२० सम्म अन्तरिक्षमा यस्ता १० उपग्रह र २०२६ सम्म २ सय ७२ उपग्रह हुनेछन्।

पिपुल्स डेली मा प्रकाशित एक रिपोर्ट अनुसार, उपग्रह द्वारा उपलब्ध गराइने इन्टरनेट सेवा को लागि प्रयोगकर्तालेआफ्नो मोबाइल फोन बाटै उपयोग गर्न सक्नेछन्।

रिपोर्टका अनुसार, लिंकश्योरका कार्यकारी निर्देशक (सीईओ ) वांग जिंगयिंगले कपनीले यो परियोजनामा तीन अरब युआन खर्च गर्ने बताइन्।
संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार ३ दशमलव ९ अर्ब मानिस २०१७ को अन्त सम्म पनि इन्टरनेटबाट टाढा थिए।

मानिसहरुको इन्टरनेटमा पहुँच बढाउँन सेटेलाइटको विकल्प नहुँने भन्दै गुगल, स्पेस एक्स, वेन वेइभ लगायतका कम्पनीले पनि विश्वभर फ्रि वाईफाइका लागि योजना अघि बढाएका छन्।


प्रतिक्रिया दिनुहोस्