किशोरको मृत्यु प्रकाशित मिति : 28 October, 2018 12:11 pm गौशाला, ११ कात्तिक / महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । फाईल तस्विर मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा किशोर राउतको विद्युत् चुहावट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका किशोर राउतलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो ।