सुनको मूल्य बढ्यो ,बनायो नयाँ रेकर्ड
काठमाडौँ / आज नेपाली बजारमा सुनको मूल्य फेरी ह्वात्तै बढेको छ। हिजो प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सयले बढेर प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यसैगरी आज तेजाबी सुनको मूल्य ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मुल्य प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि २०६९ सालमा सुनको मूल्य ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसयता सुनको मूल्य यसरी बढेको थिएन्।