महाशक्ति बन्ने दौंडमा भारत स् छिमेकी तर्साउन रुससँग किन्दैंछ यस्ता हतियार ! (तस्विर हेर्नुहोस)
नयाँदिल्ली / रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो साता भारत भ्रमण गर्ने भएका छन । उनले भ्रमणको बेला भारतसँग पाँच अर्ब डलरको हातहतियारसम्बन्धी सम्झौता गर्ने भएका छन । क्रेमलिनका प्रवक्ता युरी उषाकोफले रुसले भारतलाई एस ४०० नामक विमानभेदक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली आपूर्ति गर्ने सहमति जनाएको छ ।
विश्लेषकहरूका अनुसार सो सम्झौताअन्तर्गत ३० वटा क्षेप्यास्त्र प्रहार गर्ने प्रणाली तथा छ हजारवटा क्षेप्यास्त्र तीन वर्ष लगाएर आपूर्ति गरिनेछ। ती अस्त्र भारतले चीन तथा पाकिस्तानसँगको उसको सीमाक्षेत्रमा तैनाथ गर्न सक्ने जनाइएको छ ।
यो सम्झौताले रुसविरुद्ध अमेरिकी प्रतिबन्धमा भारतको स्थान के हो भन्ने वाशिङ्टनको चिन्ता बढाउने देखिएको छ। खासगरी रुससँगको अस्त्रको निर्भरता भारतले घटाउँदै लगेको अमेरिका हेर्न चाहन्छ। बढ्दो तनावका माझ रुस र अमेरिकाबीचको सम्बन्ध खराब बनिरहेको छ। साथै अमेरिकाले सन् २०१७ मा पारित गरेको क्याटसा नामक कानुनले अन्य देशहरूलाई रुसी अस्त्र किन्नबाट निरुत्साहित गर्छ। र, किनेमा त्यस्ता देशविरुद्ध पनि आर्थिक प्रतिबन्ध लगाउन सक्छ। भारतलाई अमेरिकाले अब अमेरिकासँग हतियार किन्दा पाउँने गरेको छुट नदिने चेतावनि दिदैं आएको छ ।
-बिबिसी