ताप्लेजुङ गाउँपालिका स्तरीय फुटसल कपको उपाधी आठराई त्रिवेणीलाई प्रकाशित मिति : 6 October, 2018 7:40 am अरुण पोस्ट संबाददाता काठमाडौं, १९ असोज / ताप्लेजुङ काठमाडौं युबा समाज द्वारा आयोजित गाउँपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि आठराई त्रिवेणि गाउँपालिकाले हात पारेको छ । प्रथम स्थान हासिल गरेका आठराई त्रिवेणि गाउँपालिकाका खेलाडिहरु पुरस्कार ग्रहण पश्चात खुसियाली मनाउदैँ । त्यसै गरि मेरिङ्देन गाउँपालिका उप बिजेता बन्न सफल भएको छ । वडा दशै तथा शुभ दिपावलीको पावन अवसरमा ताप्लेजुङ काठमाडौं युवा समाजले धनयन्तरी फुटसल खेल मैदानमा गाउँ पालिका स्तरीय फुटसल खेलको आयोजना गरेको हो । प्रथम र दोस्रो स्थान हासिल गरेका खेलाडिहरु अथितीहरु सँग सामुहिक तस्विर खिचाउदैँ । बिजेताले नगद रु ४० हजार, मेडल, प्रमाण पत्र र ३ बर्ष रनिङ कप र उप बिजेताले नगद रु २५ हजार, सहित मेडल, प्रमाण पत्र र ३ बर्षे रनिङ कप प्राप्त गरेका छन् भने उत्कृष्ट खेलाडीमा मेरिदेन गाँउपालिकाका खेलाडी बिकाश शेर्पा, उत्कृष्ट किपरमा आठराई त्रिवेणीका खेलाडी आशिस राई र हाई स्कोररमा आठराई त्रिवेणीकै बिशाल राई घोषित भएका थिए । मिक्वाखोला गाउँपालिका खेलाडिहरु सामुहिक तस्विर खिचाउदैँ । उक्त प्रतियोगितामा ताप्लेजुङ जिल्लाको सबै गाउँपालिका र एक नगरपालिकाले भाग लिएका थिए । प्रतियोगिताको उद्वघाटन पुर्व जनजाति महासङ्गका अध्यक्ष तथा पुर्व सभासद माननीय पासाङ शेर्पाले गर्नु भएको थियो । शो म्याचको रुपमा खेलाईएको उद्वघाटन खेलको लागि भने छुट्टै रु ३० हजारको खसि रहेको थियो । ताप्लेजुङ काठमाडौं युबा समाजका अध्यक्ष मुक्ती लाबुङ अरुण पोस्टलाई आयोजनाबारे बिस्तृत जानकारि दिदैँ । उक्त खेलको उपाधी भने आयोजक टिमले हात पार्यो । शो म्याच खेलमा जम्मा ४ टिमले सहभागि जनाएका थिए । पत्रकार, आयोजक, राजनीतिक र कलाकार टिमको सहभागीता रहेको थियो । यो आयोजना ताप्लेजुङ जिल्लाको लागि अहिले सम्मकै ठुलो धन राशिको फुटसल आयोजना भएको ताप्लेजुङ-काठमाडौं युबा समाजका अध्यक्ष मुक्ति लाबुङ्ले जानकारी दिनुभयो। मेरिङदेन गाउँपालिका खेलाडिहरु सामुहिक तस्विर खिचाउदैँ । ताप्लेजुङ काठमाडौं पत्रकार मञ्चका खेलाडिहरु शो म्याच हुनु पुर्व अथितिहरु सँग सामुहिक तस्विर खिचाउदैँ ।