दुई जना फरार प्रतिवादी पक्राउ प्रकाशित मिति : 27 September, 2018 8:45 pm प्रयास लिम्बू ताप्लेजुङ, ११ असोज / ताप्लेजुङ जिल्ला अदालतले कैद सजायको फैसला सुनाएको दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका दुईजना फरार प्रतिवादी मैवाखोला गाउँपालिका ४ साँघु बस्ने मनबहादुर संयोग लिम्बू र सन्तोष भनिने कुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । फाईल तस्विर जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार २०६८ साल असोज गते स्थानीय बलबहादुर लिम्बूको हत्या गरी फरार रहेका लिम्बू द्वय लुकिछिपी रहेको अवस्थामा बुधबार पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराई बुधबार नै कारागार चलान गरिएको प्रहरी निरीक्षक लक्ष्मणबहादुर मगरले जानकारी दिनुभयो । प्रहरी निरीक्षक मगरका अनुसार कैद सजाय तोकेर फरार भएका चार वर्ष पछि पक्राउ परेका हुन् । जिल्ला अदालतले उनीहरुलाई कर्तव्य गरेको ठहर गरी २०७४ बैशाख १५ गते २०/२० वर्षको कैद सजायको फैसला सुनाएको थियो ।