बिश्व मानव उत्थान तथा मेलमिलाप संघद्वारा बृद्ध आश्रममा लताकपडा लगायत नगद बितरण

अरुण पोस्ट संबाददाता

काठमाडौं, ८ असोज / सेवा नै धर्म हो भनेझै बिश्व मानव उत्थान तथा मेलमिलाप संघले एक बृद्ध आश्रममा आज लताकपडा , फलफुल जुस सहित नगद बितरण गरेको छ । काठमाडौंको शान्तिनगर स्थित निःसहाय सेवा सदनका बृद्ध-बृद्धाहरुलाई बिश्व मानव उत्थान तथा मेलमिलापले फलफूल जुस, लताकपडा लगायत नगद बितरण गरेको हो ।

बिश्व मानव उत्थान तथा मेलमिलापले निःसहाय सेवा सदनका बृद्ध-बृद्धाहरुलाई ३७ थान तन्ना, बिभिन्न किसिमका फलफूल जुस लगायत ४० हजार नगद बितरण गरेको छ । बिश्व मानव उत्थान तथा मेलापले निश्वार्थ भावनाले आफ्नो संस्था दर्ता भए पछि पहिले पटक बृद्व-बृद्वाबाट आर्शिबाद लिन यो कार्य गरेको हो ।

समाजमा केही गर्नुपर्छ समाज परिवर्तन गर्नको लागि हामी युवाले केही फरक शैलीमा समाजमा प्रस्तुत हुनुपर्छ जसबाट अरु युवाले पनि केही प्रेरणा मिल्नेछ र अनावश्यक खर्च गर्नु भन्दा अपांग बृद्व-बद्वाहरुलाई आफ्नो संस्थाको तर्फबाट सहयोग गर्न पाउँदा एकदमै हर्सित भएको संस्थाका अध्यक्ष काजी लिम्बुले अरुण पोस्ट डट कमलाई बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्