शिवहरीसँग फन्टुस सम्वादः कोमल वलीलाई खोजिदिएँ मिल्दो वर ! प्रकाशित मिति : 29 March, 2018 10:39 am शिवहरी पौडेल अहिले टेलिभिजन र स्टेजमा जमेका हाँस्य कलाकार हुन् । लामो समय नेपाल टेलिभिजनबाट प्रशारित हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’मा निर्देशन र अभिनय गरेका पौडेल अहिले टेलिश्रृङ्खला ‘ब्रेकफेल’मा ब्यस्त छन् । उनै कलाकार पौडेलसँग हामीले यसपटक अलिकति फरक कुराकानी गरेका छौं । उनलाई केही काल्पनिक र फन्टुस प्रश्न सोध्यौं, जसले उनले त्यस्तै शैलीमा जवाफ दिए । प्रस्तुत छ, उक्त सवाल–जवाफस्:- भगवानसँग तीन बरदान माग्नुपर्दा के माग्नुहुन्छ ? सबैभन्दा पहिला त नेतालाई सद्बुद्धी देउ भन्छु । जनतालाई पनि अनुशासित बनाउनु जरुरी छ । त्यो पनि माग गर्छु । अन्तिममा म आफैंलाई पनि अनुशासित बनाइदेउ भनेर भन्छु । तपाई प्रधानमन्त्री बन्नुभयो भने उपप्रधानमन्त्री कसलाई बनाउनु हुन्छ ? आफ्नै श्रीमतीलाई बनाउँछु नि । अहिलेका नेताभन्दा उनी नै योग्य छिन् । बाटोमा हिँड्दा एक सयको नोट आचीमा लट्पटिएको भेटनुभयो भने ? हजार घटी टिप्दिनँ । अहिलेको जमानामा एक सयले के आउँछ र ? सरकारले हप्तामा एकदिन नाङ्गै बस्न पर्ने नियम बनायो भने ? सबैले नाङ्गै बस्न पर्ने भो भने म पनि बस्दिन्छु । मैले मात्रै आपत्ति जनाउनुपर्ने के छ र रु एक्लै चाँही बस्दिनँ । अर्काको श्रीमतीलाई लिएर साताब्यापी चन्द्रमा भ्रमण गर्नुपर्ने प्याकेजको चिट्ठा तपाईलाई पर्यो भने ? पहिलोचोटि चन्द्रमा त्यो पनि सित्तैमा जान पाउँदा त आफ्नै श्रीमतीलाई लानुपर्ने हो । तर, अरु कसैको श्रीमती नै लानुपर्ने हो भने फेसबुकतिर सर्च गरेर खोज्छु । भेटिएला । बिहान उठेर ऐना हेर्दा छातीमा स्तन पलाएको देख्नु भो भने ? ब्रा किन्न दौडिन्थेँ । मार्क जुगरबर्ग नजन्मिएको भए संसार कस्तो हुन्थ्यो होला ? धेरैको घरबार बिग्रनबाट बच्ने थियो । सरकारले तपाईलाई एक साता चुम्मा माफ गरिदियो भने क–कसलाई खानुहुन्छ ? घरकालाई चुम्मा खान कसैले नियम बनाउनै परेन । साताव्यापी प्याकेज घोषणा गर्यो भने किरण दाई, मदन दाई र हरिवंश दाईलाई चुम्मा गर्छु । महिलाहरुलाई गर्दिन, नत्र घरमा दह्रो भेटिन्छ । कम्युनिष्ट सरकार आएपछि रुन प्रतिबन्ध लाग्यो भने ? हाम्रै बजार बढ्छ । झन् गज्जब । तपाई कलाकार नभएर पहलमान भएको भए कोसँग भिड्नुहुन्थ्यो ? नेपालको कानूनसँग भिड्थे । सार्है फितलो छ हाम्रो मुलुकको कानुन, त्यसैले सजिलै पछार्न सक्छु । नेपालले विश्वकप फुटबलको उपाधि जित्यो भने कसरी सेलिब्रेट गर्नुहुन्छ ? केको सेलीब्रेट गर्नु । खुशीले मुर्छै पर्छु होला । कोमल वलीलाई मिल्दो वर को हुन सक्छ ? यो उमेरमा फस्र्ट ह्याण्ड पाउन त गार्है होला । कताकति भेटिन पनि सक्छन् । बरु हाम्रै किरण दाई ९किरण केसी० सँग जोडी मिल्छ । तपाईले दखेको सबैभन्दा हाँसो उठ्दो मान्छे ? आज विदा भएका प्रधानमन्त्री जस्तो हाँसो उठ्दो मान्छे मैले अरु देख्या छैन । मरेर भूत हुनु भयो भने कोकोलाई तर्साउनुहुन्थ्यो ? फिल्म लाइनमा ६र७ जना छन् तर्साउनुपर्ने, नाम खोल्दिनँ । पशुपतिका बाँदर र तपाईबीच के फरक छ ? त्यो हाम्रो पूर्खा हो । पशुपतिको बाँदरसँग हाम्रो इतिहास छ । मसँग बर्तमान छ । म अलि आधुनिक छु ।