जारी १८औं एसियाली खेलकुदमा नेपालले जित्यो रजत प्रकाशित मिति : 29 August, 2018 7:18 pm काठमाडौँ / इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । आज भएको प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा नेपाले रजत पदक हात पारेको हो । प्याराग्लाइडिङमा नेपालले स्वर्ण पदक नै जित्ने अपेक्षा गरिए पनि जापानसँग २७ अंकले पछि पर्दै रजत हात पारेको हो । नेपालले कूल ११ हजार ३ सय ६४ अंक ल्यायो भने स्वर्ण विजेता जापानले ११ हजार ३ सय ९१ अंक पायो । क्रस कन्ट्री इभेन्टमा नेपाली खेलाडी विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी रहेका छन् ।यसअघि नेपालले तेक्वान्दो, कराते, बक्सिङजस्ता खेल पदक जित्ने अपेक्षा गरिए पनि नतिजा भने निराशाजनक रह्यो । यसका साथै प्याराग्लाइडिङमा उपाधि जित्दा नेपाल एसियाली खेलकुद इतिहासमै दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगियो । यसअघि यसअघि सन् १९९८ मा थाइल्यान्डमा तेक्वान्दोबाट सविता राजभण्डारीले रजत हात पारेकी थिइन् ।