विश्व विजेता बनेर फर्किएका आफ्ना हिरोहरुलाई पेरिसमा भब्य स्वागत (फोटो फिचर)
काठमाडौं ३१ असार/ विश्वकप फुटबल विजेता फ्रान्सेली टोलीलाई देशमा भव्य स्वागत गरिएको छ । आइतबार बिहानदेखि राती अबेरसम्म पेरिस खेलाडीहरुको सम्मानमा जुरुक्कै उठेको थियो । शहर पुरै रंगिन बनाइएको थियो ।
विश्वकप ट्रफीसहित घर फर्किएको फ्रान्सेली फुटबल टोलीलाई पेरिस विमानस्थलमा भव्य स्वागत गरिएको छ ।यसपछि खेलाडी तथा प्रशिक्षकलाई राजधानी पेरिसमा परेडसहित सम्मान गरियो । खेलाडीहरुलाई फ्रान्सेली राष्ट्रपतिको कार्यालयबाट फुटबल टोलीलाई देशकै सर्वोच्च पदकबाट सम्मानित समेत गरिएको छ ।
क्रोएसियाको सनसनीपूर्ण यात्रालाई उपविजेताको गन्तव्यमा सीमित पार्दै फ्रान्सले उपाधी हात पारेको थियो ।आइतबार मस्कोको लुझनिकी रंगशालामा सम्पन्न फाइनलमा युरोपेली प्रतिद्वन्द्वी क्रोएसियाको चुनौती ४–२ को नतिजामा समाप्त पार्दै फ्रान्सले जर्सीमा दोस्रो तारा थपेको थियो ।
२० वर्षअघि कप्तानको रुपमा फ्रान्सलाई उपाधि जिताएका डिडियर डेशच्याम्पस यसपाली दोस्रो पटक विश्व च्याम्पियन बन्दा टिमको प्रशिक्षक थिए। उनी मारियो जागालो र फ्रान्ज बेकेनबाउरपछि खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका छन्। एजेन्सी
यस्ता छन् विश्वविजेताको स्वागतका तस्बिरहरु