बहिर्गमनकोे निर्णयले बेलायत कमजोर: ब्लेयर
दुबई, ४ चैत, रासस/सिन्ह्वा । यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनको निर्णयले बेलायतको स्थानलाई विश्वस्तरमा आर्थिक तथा राजनीतिक रूपमा कमजोर बनाएको पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आइतबार दुबइमा भएको एक कार्यक्रममा बताउनुभएको छ ।

विश्व भूराजनीतिक परिवर्तन पश्चिमबाट पूर्वतिर आकर्षित बनिरहेका समय ब्रेक्जिटको प्रभावलाई हेर्नु जरुरी छ ।
उहाँले थप्नुभयो, “एसियामा आसियन, अफ्रिकामा अफ्रिकी यूनियन, दक्षिण अमेरिकामा मर्कोसर जस्ता शक्तिशाली समूह बनेको बताउदै विश्व एकताको बाटोमा हिँडेका दृष्टान्त दिनुभयो । यो केवल इयूको सवाल मात्र होइन ।”
ब्लेयरले बेलायतको नेतृत्वमा रहेका समय सन् २००३ तिर इयूमा गहिरो राजनीतिक सङ्कट देखिएको थियो । ब्लेयरको नेतृत्वमा बेलायत र अमेरिका मिलेर इराकमा युद्ध शुरु गरेका थिए भने इयूका मुख्य शक्तिराष्ट्र जर्मनी र फ्रान्सले यसको विरोध जनाएका थिए ।
बेलायत ४६ बर्षदेखि इयूको सदस्य रहँदै आएकोमा सन् २०१९ को मार्चसम्ममा यसबाट बाहिरिने छ ।