विप्लव निकट विद्यार्थीको आन्दोलनमा, चितवनका निजी शैक्षिक संस्था बन्द 0 Shares १० असार २०७५, आइतबार चितवन, १० असार । चितवनका निजि शैक्षिक संस्थाहरु बन्द भएका छन् । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अखिल (क्रान्तिकारी)ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका हुन्। प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल ९क्रान्तिकारी० चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । विद्यार्थीको आह्वानपछि निजी शैक्षिक संस्था बन्द रहेका छन् । सामुदायिक विद्यालय भने नियमित सञ्चालनमा छन् । क्रान्तिकारीका जिल्ला सचिव दर्पणद्वारा जारी विज्ञप्तिमा आफ्ना जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई क्रमशः रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पस र माडी बहुमुखी क्याम्पसबाट पढिरहेको समयमा गैर न्यायिक ढंगबाट प्रहरी प्रशासनले गिरफ्तार गरेको भन्दै दुबै जनाको तत्काल रिहाइको माग गरेको छ । पक्राउ परेका विद्यार्थी नेता रिहाइ नभएसम्म आन्दोलन जारी रहने क्रान्तिकारीले जनाएको छ ।