अन्तराष्ट्रिय लागुपदार्थ तथा अबैध तस्करी विरुद्धको दिवस सप्ताहव्यापी मनाईने प्रकाशित मिति : 13 June, 2018 4:45 pm ताप्लेजुङ, ३० जेठ / प्रत्येक बर्षको जुन २६ तारीकको दिन मनाईने अन्तराष्ट्रीय लागुपदार्थ तथा अबैध तस्करी विरुद्धको दिवस ताप्लेजुङमा पनि सप्ताहव्यापी रुपमा मनाईने भएको छ । जिल्ला प्रशाशन कार्यलय ताप्लेजुङको संयोजनमा आज वसेको सर्वपक्षिय वैठकले दिवशलाई सप्ताहव्यापी रुपमा विभिन्न सचेतना मुलक कार्यक्रम गरेर मनाउन लागिएको प्रमुख जिल्ला अधिकारी मोहन वहादुर जिसीले जानकारी दिनुभयो । तस्विर : पदम श्रेष्ठ प्रजिअ जि.सीका अनुसार असार ५ गतेबाट सचेतनामुलक कार्यक्रम सुरु गरी मे २६ अर्थात असार १२ गते समापन गरीने छ । सचेतना कार्यक्रम अन्र्तगत एक साता सम्म ताप्लेजुङका तिन ओटै एफ एम रेडियोमा लागु औषध तस्कर नियन्त्रण, यसबाट हुन सक्ने खतरा, लागुऔषध सेवनका कारण मानिसको स्वास्थ्यमा तथा समाजमा पर्ने असर, लागु औषधी तस्करी सम्बन्धमा कानुनी प्रक्रीया लगायतका लागु औषध नियन्त्रण तथा सचेतना मुलक कार्यक्रमको विषयमा केन्द्रीत रहेर सम्बन्धीत व्यक्ती तथा संस्थाहरु संग अन्र्तक्रिया कार्यक्रम गरीने बताईएको छ । यसै विच जिल्लामा रहेको प्रत्येक माध्यमिक स्तरका विद्यालयमा लागुऔषध नियन्त्रण तथा यसका कानुनी प्रक्रीया र असरका विषयमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउने, सम्पुर्ण स्थानिय तहका जनप्रतिनीधीहरुलाई आ–आफ्नो क्षेत्रमा लागुऔषधको विषयमा सचेतना मुलक कार्यक्रम गर्ने गराउने, ग्रामीण क्षेत्रमा रहेका महिला स्वास्थ्य स्वंमसेविकाहरुलाई टोलटोलमा पठाई लागु औषधका विषयमा सचेतना मुलक जानकारी गराउन लगाउने लगायतका कार्यक्रम गरिने निर्णय भएको छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रहरीले लागुऔषध नियन्त्रण र यसका असरका विषयमा प्रचार, पम्पप्लेट, पोस्टर लगायत समाग्रीहरु वितरण तथा प्रचार प्रसार गर्ने साथै यस अभियानको क्रममा गाजाँ खेती गरीएको ठाउँको पहीचान गरी सोही स्थानमा गई नष्ट गर्ने, असार ११ गते सदरमुकाम स्थित विरेन्द्र चोकमा साँझ ६ बजेबाट सचेतना मुलक शन्देश दिने र असार १२ गते (जुन २६) का दिन अन्तराष्ट्रीय लागुपदार्थ तथा अबैध तस्करी विरुद्धको दिवसका अवसरमा जिल्ला सदुरमुकाममा सम्पूर्ण निजामती कर्मचारी, युवा र विद्यार्थी लगायतको उपस्थितीमा प्रभात फेरी गरी जिल्ला समन्वय समितीको हलमा कार्यक्रम गरीेने प्रमुख जिल्ला अधीकारी मोहन बहादुर जि.सीले जानकारी दिनु भएको छ । -पदम श्रेष्ठ