हिना खानको उत्तेजित डान्स भिडियो सार्वजनिक : युजर्सले लेखे, केही त लाज मान
एजेन्सी / टेलिभिजन कलाकार हिना खानको उत्तेजित डान्स भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। हिना खानले आफ्नो इंस्टाग्राममार्फत एक डान्स भिडियो सार्वजनिक गरेकी थिइन्। उनको उक्त भिडियो धेरैलाई मन परेन् र उक्त भिडियो ट्रोल बनेर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। उक्त भिडियो उनले मदर्स डे र रमजानमा सार्वजनिक गरेकी हुन्।
धेरैले उनलाई रमजानमा डान्स नगर्नु पर्ने सुल्झाएका छन् । उनका एक युजर्सले लेखेका छन्, रमजानको महिना छ केही लाज मान । त्यस्तै अर्को युजर्सले लेखेका छन्, तिमीले इस्लामसँग सम्बिन्धत सबै गलत गरिरहेकी छौँ, यो नराम्रो हो, इबादतको महिना, यसको इज्जत गर्।