जीर्ण ट्राफिक बत्ती मर्मत गरिने

काठमाडौं / सडक बिभागले काठमाडौंका सडकमा जीर्ण अवस्थामा रहेका सबै ट्राफिक बत्ती मर्मत गर्ने तयारी गरेको छ । बिभागले १० बर्ष देखि अलपत्र परेका ट्राफिक बत्तीलाई मर्मत गरेर पुरानै अवस्थामा ल्याउने तयारी गरेको हो । केही दिन अघि गृह र भौतिक पूर्बाधार तथा यातायात मंन्त्रालयका उच्च अधिकारीहरुको छलफलमा ट्राफिक बत्ती मर्मत गर्ने निर्णय भएको थियो ।

                                                                      फाइल: तस्विर ।

भौतिक पूर्बाधार तथा यातायात मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका दिगो सहरी यातायात परियोजनाले टेन्डर प्रक्रिया अघि बढाएपनि काम अघि बढ्न नसकेपछि मर्मत गरेर बत्ती बाल्ने पक्षमा पुगेको बिभागका एक अधिकारीले बताए । ‘बजेट कम छ, प्रबिधि गुरस्तरको चाहिन्छ ।, आजको कान्तिपुरको १८ पृष्ठमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्