स्वास्थ्य रहन गर्नुहोस नियमित स्वास्थ्य परिक्षण
नियमित स्वास्थ्य परीक्षणका फाइदा

- लुकेर बसेको रोग पत्ता लाग्छ ।
- सुरुकै अबस्थामा रोग पत्ता लागेको खण्डमा उपचार चाँडै सुरु गर्न सकिन्छ ।
- समयमै रोकथामको कदम चाल्न सकिन्छ ।
- आकास्मिक मृत्यलाई कम गर्न सकिन्छ
- आयु बढाउन सहयोग पुग्छ ।
- कुन समयमा स्वास्थ्य परीक्षण गराउने ?
- पहिलो चरणः (५ बर्षको उमेरमा)
यो चरणमा स्वास्थ्य परिक्षण गराउँदा जन्मजात रोग, बाल्यकालमा लाग्ने रोग, पालन पोषणसँग सम्बन्धित रोगबारे समयमै जानकारी प्राप्त हेुन्छ । यो उमेरमा कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गराउनु पर्छ । - दास्रो चरणः (युवा अवस्था १८ बर्ष देखि ३० बर्ष बिच)
यो चरणमा स्वस्थ्य परिक्षण गराउँदा बढ्दै गएको उमेर, चञ्चल मनस्थिति, जोश, जीवनशैली आदिसँग सम्बन्धित स्वास्थ्य समस्याको जानकारी प्राप्त हुन्छ । यो उमेरमा कम्तीमा एक पटक स्वास्थ्य परीक्षण गराउनु पर्छ । - तेस्रोे चरणः ३० बर्षपछि यो चरणमा स्वास्थ्य परीक्षण गराउँदा उमेर, बंशानुगत र जिवनशैली सँग सम्बन्धित स्वास्थ्य समस्याबारे जानकारी प्राप्त हुन्छ । मेटाबोलीक सिन्डोम, जुन ह्रदयघातको सुषुप्त (लुकेको) अवस्था हो, पत्ता लाग्छ ।