लोभ देखाएर धर्म परिवर्तन गराउन खोज्ने तीन महिला पक्राउ प्रकाशित मिति : 9 May, 2018 8:26 am काठमाडौँ / प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खोेजेको भन्दै प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । चितवनकी लक्ष्मी भट्टराईले आफुलाई प्रतिष्ठित गैरसरकारी संस्था एनजिओ मा जागिर लगाईदिने भन्दै जबरजस्ती क्रिस्चियन धर्ममा लाग्न आग्रह गरेको उजुरीका आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की घर भई सीतापाईला बस्ने ४९ बर्षीया सुमित्रा गौली, कलंकी ३६ बर्षीया राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराई छन् ।, आजको नागरिक दैनिकमा खबर छ ।