प्रदेश प्रमुखद्वारा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे जानकारी 0 Shares महेन्द्रनगर, धनुषा, / प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणका लागि भइरहेको तयारीबारे आज जानकारी लिनुभएको छ । फाइल तस्विर भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको रंगभूमि मैदान बारहबिग्हामा गरिने नागरिक अभिनन्दन समारोहका लागि निर्माणाधिन मञ्च तथा त्यहाँका तयारीका बारेमा उहाँले आन्तिरक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवसँग जानकारी लिनुभएको हो । यसैगरी प्रमुख कायस्थले जनकपुरधामस्थित जानकी मन्दिर पुगेर भारतीय प्रधानमन्त्री मोदीले गर्ने पुजापाठ, त्यहाँको सरसजावट र तयारीका बारेमा पनि आजै मन्दिरका छोटा महन्थ राम रोशन दाससँग जानकारी लिनुभयो । भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते नेपाल भ्रमणका क्रममा जनकपुरधाम आउँदै हुनुहुन्छ ।रासस