एक नेपाली युवाद्वारा कोरियामा झुण्डिएर आत्महत्या 0 Shares अरुण पोष्ट सम्बाददाता, दक्षिण कोरीया / दक्षिण कोरीयामा ई पि एस मार्फत काम गर्न गएका एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन। ४ बर्ष १० महिना कार्य अवधि सकेर पुन कोरीया आएको २ बर्षमा ईटहरीका झण्डै ३८ बर्षिय थापा थरका युवाले झुण्डिएर आत्महत्या गरेका हुन । मृतक थापा ख्यंगी प्रान्तको आनसंगको गाई फार्ममा कार्यरत रहेको कोरीयन प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार आज दिउसो ३ बजे आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन। मृतक मानसिक समस्या बाट पिडीत रहेको बुझिएको छ। मृतक थापा बिबाहित रहेको बुझिएको छ। मृतक थापाको शव पोष्टमार्टमको लागी स्थानिय अस्पतालमा राखिएको छ। स्रोतका अनुसार घटनाको बारे नेपाली दुताबास र मृतकको घर परिवार लाई जानकारी दिने काम भईरहेको छ।