ताप्लेजुङ समाज नेपालको तेस्रो पूर्ण बैठक सम्पन्न, आगामी वर्षका लागि ६ प्रमुख कार्यक्रम पारित


0
Shares


काठमाडौँ । ताप्लेजुङ समाज नेपालको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ। शनिबार काठमाडौँमा आयोजित बैठकले आर्थिक वर्ष २०८३र०८४ का लागि संस्थागत विकास, सांस्कृतिक संरक्षण, साहित्य प्रवर्द्धन, पर्यटन विकास तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै ६ वटा प्रमुख कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको हो।
“हाम्रो ताप्लेजुङ, प्यारो ताप्लेजुङ” भन्ने मूल नारासहित सम्पन्न बैठकमा अध्यक्ष रमेश बरालले आगामी वर्षको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। कार्ययोजनामाथि विस्तृत छलफलपछि बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन गर्ने निर्णय गरेको जनाएको छ।
कार्ययोजना प्रस्तुत गर्दै अध्यक्ष बरालले देश तथा विदेशमा रहेका ताप्लेजुङे समुदायबीच आपसी एकता, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रमहरू तय गरिएको बताउनुभयो। समाजलाई अझ सक्रिय, प्रभावकारी र समुदायमुखी संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो।
वरिष्ठ उपाध्यक्ष अग्नी पौडेलले पारित कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता आवश्यक रहने धारणा व्यक्त गर्नुभयो।
बैठकले पारित गरेका ६ प्रमुख कार्यक्रमहरु :
१. हरितालिका तीज तथा महिला सम्मान कार्यक्रमस् साउन–भदौ महिनामा महिला विभाग प्रमुख सिता पौडेल दाहालको संयोजकत्वमा।
२. देउसी–भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रमस् असोज–कार्तिकमा वरिष्ठ उपाध्यक्ष अग्नी पौडेलको संयोजकत्वमा।
३. स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमस् पौष महिनामा उपाध्यक्ष चैतन्य तुम्बाहाम्फेको संयोजकत्वमा।
४. ताप्लेजुङ साहित्य उत्सवस् माघ महिनामा उपाध्यक्ष देउमान बिष्टको संयोजकत्वमा।
५. हाइकिङ तथा आन्तरिक पर्यटन प्रवर्द्धन कार्यक्रमस् फागुन–चैत्रमा अध्यक्ष रमेश बरालको संयोजकत्वमा।
६. विपद् व्यवस्थापन तथा राहत सहयोग कार्यक्रमस् वर्षभरि आवश्यकता अनुसार उपाध्यक्ष कृष्ण केदेमको संयोजकत्वमा।


संस्थालाई थप सशक्त बनाउने प्रतिबद्धता
बैठकमा उपाध्यक्षद्वय कृष्ण केदेम र देउमान बिष्ट, विज्ञ परामर्श तथा अनुगमन परिषद्का संयोजक एवं विराटनगर महानगरपालिकाका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेलगायतले समाजले हालसम्म सञ्चालन गरेका सामाजिक, सांस्कृतिक तथा मानवीय सेवामूलक गतिविधिहरूको समीक्षा गर्नुभएको थियो।
वक्ताहरूले आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संस्थालाई अझ सशक्त, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए। उपाध्यक्ष कृष्ण केदेमले पारित कार्यक्रमहरूले ताप्लेजुङको कला, संस्कृति, साहित्य तथा पर्यटन क्षेत्रको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रचार विभाग प्रमुख दुश्यन्त दाहालका अनुसार कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित संयोजकहरूको नेतृत्वमा विभिन्न उपसमितिहरू गठन गरी आवश्यक तयारी, समन्वय तथा कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।


प्रतिक्रिया दिनुहोस्