काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो।

प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा पनि उनीहरू सम्पर्कमा आएका छैनन्।

आफुखुशी गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। तोकिएको समयभित्र उपस्थित नभए प्रहरी नियमावली १०९ को देहाय ९ख० १ बमोजिम सेवाबाट हटाइने चेतावनी समेत दिइएको छ।


प्रतिक्रिया दिनुहोस्