Y.C.L. १ नम्बर सम्पर्क जिल्लाको प्रथम सम्मेलनबाट अध्यक्षमा मुक्ती लिम्बू निर्विरोध


0
Shares

काठमाडौँ  / नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालको ८ नम्बर प्रदेश अन्तर्गत गैरभौगोलिक १ नम्बर काठमाडौँ सम्पर्क जिल्लाको प्रथम सम्मेलन सन्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको फयाक्सन इन्चार्ज नेता मणी थापाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले ११ सदस्यीय पदाधिकारीसहित ३१ सदस्यीय जिल्ला समिती चयन गरेको हो।

 

समितिको अध्यक्षमा मुक्ती लिम्बू निर्विरोध चयन भएका छन भने उपाध्यक्षमा सुवास खड्का, राजेश लिम्बू, प्रकाश सुनुवार, सचीव आदेश रार्इ, सहसचिवमा अनिल थुलुङ, जयन्द्र गुरुङ, कोषाध्यक्ष प्रभा राई निर्विरोध चयन भएका हुन। सम्मेलनले अनुशासन आयोगको प्रमुखमा जम्बा शेर्पालाई चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि मणी थापाले युवाहरुलाई प्रशिक्षित गर्दै भने, ‘अहिलेको आन्तरिक अन्तरविरोध हल गर्ने पार्टी एकताको उदेश्य पनि हो । त्यो दिशामा सरकार र पार्टी जानुपर्छ । यदी त्यो दिशाम नजाने हो भने, पार्टी एकता प्रक्रियामा जटिलता थपिन सक्छ ।’

उनले थपे ‘यदि सुशासनसहितको समाज निर्माणमा युवाहरुले ध्यान नदिए देशको राष्ट्रियता नै खतरामा पर्नसक्छ ।’ पार्टी एकताको लागि पनि युवाहरु समाजको हरेक मुद्धाहरूमा रुपमा अघि बढ्नुपर्ने कुरामा जोड दिए का छन। त्यसै गरि पार्टी पोलिटब्युरो सदस्य मुकेश लिम्बुले यदि समाजवादी क्रान्ति हुन्छ भने ६० र ४० को भागबण्डा होइन ७० प्रतिशत नै भएपनि स्वीकार्न तयार रहेको बताएका छन ।

 

कार्यक्रममा प्रतिनिधिसभा सांसद हेमकुमार रार्इ, पार्टी पोलिटब्युरो सदस्य मुकेश मुक्सामहाङ लिम्बू लगायतको उपस्थिति रहेको थियो । साथै वाइसीएलका महासचिव सुवोधराज सेर्पाली, सचीव पुर्ण भुजेल, कोषाध्यक्ष मिङमा डण्डु शेर्पा, नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य आङदावा शेर्पा, वाइसीएल केन्द्रिय सदस्यहरु हेमचन्द्र राई र सिता नेपाली लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्