विद्यार्थी, कलाकार र खेलाडीको प्रोत्साहनको लागि उपाध्यक्ष प्रतिमा स्वयम नृत्यमा सहभागी प्रकाशित मिति : 24 December, 2023 2:29 pm रसुवा । विद्यार्थी, कलाकार र खेलाडीहरूको प्रोत्साहनको लागी गोसाईकुण्ड गाउँपालिका रसुवाका उपाध्यक्ष प्रतिमा लामा स्वयम नृत्यमा सहभागी भएकी छन् । हिमाली जिल्ला रसुवाको गोसाईकुण्ड गाउँपालिकाद्वारा संचालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन कार्यक्रममा विद्यार्थी, कलाकार र खेलाडीहरूको हौसला बढाई प्रोत्साहन गर्नको लागि उपाध्यक्ष लामा स्वयम नृत्यमा सहभागी भएकी हुन् । पौष ४ गते बुधवारदेखि तीन दिन सम्म संचालन भएको प्रतियोगिता पौष ६ गते शुक्रबार सम्पन्न भएको थियो। प्रतियोगितामा उपाध्यक्ष स्वयम नृत्यको लागि मैदानमा उत्रिदा हजारौं दर्शक चकित भएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले गोसाईकुण्ड गाउँपालिका उपाध्यक्ष साच्चिकै बहु प्रतिभाशाली रहेको र उहाँबाट नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए । कार्यक्रममा उपाध्यक्ष लामाले शुभकामना मन्तव्यमा आफ्नो धरणा राख्दै भन्नुभयो, “समाज र राष्ट्र सबैको लागि खेलकुदको असाधारण महत्त्व रहेको चर्चा गर्नुहुँदै खेलकुद सुन्नको लागि यो नर्मल शब्द छ तर यो देश र राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा समेत चिनाउनको लागि दरिलो माध्यम भएको बताउँनुभयो । साथै स्थानीय सरकार खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनको लागि सदैव सकारात्मक रहेको पनि उल्लेख गर्नुभयो । सोही अवसरमा उप प्रमुख लामाले भन्नुभयो “युवाहरू आफ्नै देशमा केही अठोटका साथ केही गर्ने जमर्को गर्नुस हामी त्यसको लागि सहयोग गर्न तयार छौं । विदेशमा गरिने मिहिनेत आफ्नै देशमा गर्न सके सचिक्कै आफू र आफ्नो परिवारका साथै देशको मुहार फेर्ने सकिने भएकाले युवाहरू देशमै केही राम्रा काम गर्ने भिजन बनाउन समेत आग्रह गर्नुभयो । उपाध्यक्ष प्रतिमा लामा राजनीतिका साथ स्वास्थकर्मी समेत हुनुहुन्छ भने कलाकारिता तथा खेलकुद क्षेत्रमा पनि त्यति कै महिर हुनुहुन्छ । कार्यक्रमको अध्यक्षता गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तमाङले गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्व समितिका प्रमुख अशोक कुमार घिमिरे विशेष अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कर्न्याल लामा र जिल्ला समन्वय समिति उप प्रमुख विजय लामा, जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।उक्त तीन दिने कार्यक्रम दर्शकहरूको उपस्थितिमा उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक शिक्षिका र कर्मचारीहरू समेत सहभागी भई आफ्नो कला प्रस्ततु गर्नुभएको थियो । गर्नुभएको थियो ।