सिटिजन लाइफ ताप्लेजुङ शाखाद्वारा ६ लाख ७१ हजार मृत्यू दाबी भुक्तानी

ताप्लेजुङ असोज ३ । सिटिजन लाइफ इन्सोरेन्स कम्पनी ताप्लेजुङले एक जना मृतकको परिवारलाई मृत्यू दाबी रकम भुक्तानी गरेको छ ।

फुङलिङ नगरपालिका वडा नम्बर ८ का मृतक धनमाया तामाङको परिवारलाई मृत्यू दाबी रकम भुक्तानी गरिएको हो । मृतक तामाङको परिवारलाई ६ लाख ७१ हजार रुपैँया मृत्यू दाबी रकम भुक्तानी गरिएको बिमा कम्पनीका ताप्लेजुङ शाखा प्रुमख सर्मिला खतिवडाले जानकारी दिनुभयो ।

खतिवडाका अनुसार बुधबार दिउसो एक कार्यक्रमकाबीच मृतकको परिवारका सदस्य सबिना तामाङलाई रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम हस्तान्तरण कार्यक्रममा फुङलिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझा लगायतको उपस्थिती रहेको थियो ।

मृतक धनमाया तामाङले एक वर्ष अघाडी सिटिजन शुभारम्भ योजना अन्तर्गत रहेर ६ लाखको बीमा गर्नुभएको थियो । कम्पनीका नियमनुसार (डिएसए) सुबिधाको ६ लाख रुपैंया रकम भने बीमा अवधी पुरा भएपछि पाउने छ , धनमाया तमाङको केहि महिना अघि निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्