प्याब्सन ताप्लेजुङले बाल दिवस मनायो 0 Shares २९ भदौ २०८०, शुक्रबार फुबा शेर्पा ताप्लेजुङ— निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ताप्लेजुङले ५९औँ राष्ट्रिय बाल दिवस मनाइएको छ।फुङलिङ ४ स्थित सामुदायीक भवन (सिटि हलमा) शुक्रबार एक कार्यक्रमका विच भब्यरुपमा वाल दिवस मनाएको हो । सुनिश्चित भविष्यको थालनी बालबालिकामा लगानी नाराका साथ विशेष संरक्षण गर्नु पर्ने आवश्यकतालाई ध्यानमा राखी उक्त कार्यक्रम आयोजना गरेको जिल्ला प्याब्सनका अध्यक्ष गणेश सिग्देलले बताउनु भयो । यता प्रमुख अतिथि समेत रहेका फुङलिङ नगर प्रमुख अमिर मादेनले भने शिक्षा एक समाज सुधारको प्रमुख हतियार भएकोले आजको विद्यार्थी भोली मुलुककका कर्णधारको अग्रपंतीमा रहि देशको नया परिवर्तनले मुलुक चलयमान बनाउनुमा आजको बिद्यार्थीहरुले मात्र त्यो सम्भव गराउने भएकोले शिक्षा क्षेत्रमा अग्रसरता दिईरहनु पर्ने बताउनु भयो । कार्यक्रममा बालबालीकाहरुको क्षमाको अभिवृद्धी गर्ने उदेश्यका साथ नृत्य तथा बक्तृत्वकला समेत रखिएको र सबै बिद्यालयका बिद्यार्थीहरुले आ आफ्नो प्रस्तुती राखिएको थियो।