ताप्लेजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला सभा भब्य रुपमा सम्पन्न प्रकाशित मिति : 9 September, 2023 4:58 pm ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान अन्तर्गत ताप्लेजुङमा खुला सभा भाद्र २० र २१ गते सप्पन्न भएको छ । भाद्र २० गते पार्टीका सभापति रबि लामिछाने र अन्य माननीय र केन्द्रिय सदस्यहरूले सम्बोधन गर्ने भनिएता पनि राष्ट्रिय क्रीकेट खेलाडीहरुलाई हौसला बढाउने हेतुले श्रीलंका पुगेका रबि लामिछानेको नेपाल फर्किने उडान रद्द हुन गएकोले निर्धारित सभालाई पार्टी उपसभापति एवंम् पुर्व मन्त्री डोल प्रसाद अर्याल, सहमहामन्त्री तथा सङ्गठन बिभाग प्रमुख कबिन्द्र बुर्लाकोटी, केन्द्रिय सदस्य रमेश प्रसाईं, माननीय तोसिमा कार्की, प्रदेश कोषाध्यक्ष चन्द्र कुमार राई र प्रदेश सदस्य ई। वीरेन्द्र श्रेष्ठले सम्बोधन गरेका थिए १ बिहान १० बजे फुङलिङ बजारको पराजुली चोकबाट झाकी, र्यापीड एक्सन टीम, केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, आम शुभेच्छुकहरु सयौको भेलाले बजार परिक्रमा गर्दै तोक्मे डाँडा स्थित सभा गर्ने स्थानमा पुगि आफ्नो निर्धारित कार्यक्रमहरु तोकिएको समयसिमा अनुसार भएको थियो । उत्त दिनको कार्यक्रममा पार्टी उपसभापति माननीय डोल प्रसाद अर्यालले आफ्नो पार्टीले छोटो समय नेपाल सरकारको क्याबिनेटमा रहदा मननयोग्य काम गरेको र प्रतिपक्षमा रहदा निरन्तर रचनात्मक प्रतिपक्षीको भुमिकामा काम गर्दै नेपालको सदनलाई ईतिहासकै रचनात्मक सदन बनाउदै लगेको जिकिर गरेका छन १ रास्वपाले आयोजना गरेको जनसभामा शुभेच्छुकहरुलाई नजान केही समूह लागीपरेको समेत बताउनु भयो । अर्का वक्ता केन्द्रिय सदस्य रमेश प्रसाईले जनता पुराना दलहरु बाट आजित भैसकेका, बोली र कर्ममा एकरुपता ल्याउन नसकेका, आफ्नो फायदाको लागि जे पनि बोल्ने, जनता उचालेर केही नगर्ने पुरातन सोचबाट मुक्ती पाउन जनताले गाउँगाउँमा घण्टी बजाउन थालिसकेको, पहिचान, सँस्कृती, मौलिकता र समाबेशीता नारामै सिमित गरेका, भ्रष्टाचारको चरम हद पार गरि मुलुकलाई भडखौलामा हाल्न हरेक प्रयत्न गरिरहेकाले अब भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्न र मुलुकलाई बिकास र समृद्धी उन्मुख लैजान रास्वपा अन्तिम बिकल्प रहेको साक्षी हजारौंको उपस्थितिले प्रमाणित गरेको बताए। कार्यक्रम समापन सगै नेताहरू लाखेजात्राको अवसरमा खेलाईएको ताप्लेजुङ् गोल्डकप फुटबल प्रतियोगिता अवलोकन गर्न खेल स्थल तर्फ गएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले आफ्नो माननीय तथा केन्द्र र प्रदेशका पदाधिकारीहरुलाई प्याराफिटमा राख्न र्यापीड एक्सन टीम को सहायताले ५० थान टिकट खरिद गरि प्याराफिटमा स्थान सुरक्षित गरेका थिए । पार्टीका पदाधिकारी खेल स्थल पुग्नासाथ र्यापीड एक्सन टीमले स्थान खाली गरि नेताहरुलाई बाँसको प्याराफिटमा दर्शक सँगै राखेर खेल अवलोकन गराएका थिए । आयोजक संस्थाका अध्यक्ष देवराज गुरुङले सिष्ठता पुर्वक पुर्ब मन्त्री डिपि अर्याल र डाक्टर तोसिमा कार्कीलाई मन्चको लागि निम्तो दिदा आम दर्शकले त्येही बसेर फुटबल अवलोकन गर्न र मन्च नजान आग्रह गरेको रोमाञ्चक दृश्य देखिएको थियो तथापि मन्च सम्म पुगेर तत्काल फर्किइ सोही स्थानमै बसि फुटबल हेर्ने बताएर आयोजक सग मन्च पुगेका पुर्ब मन्त्रीहरु र प्रदेश कमिटी सदस्य ई। वीरेन्द्र श्रेष्ठ आफू बसेको प्याराफिटबाट मन्च तर्फ जादा तमाम दर्शकले हुटिङ गरि स्वागत गरेका थिए । मन्चमा छोटो समय उपस्थिति जनाई पुनः बाँँसकै प्याराफिटमा आई केही समय फुटबल हेरेर आफ्नो बाकी काममा फर्किएका थिए । जिल्लाको कुना काप्चाबाट राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रम र सभापति रबि लामिछानेलाई भेट्न र सुन्न आएका तमाम जिल्लावासीको गुनासो र भदौ १९, २०,२१ गते सम्मको कार्यक्रम रहेकोले श्रीलंकाबाट काठमाडौं र काठमाडौं एयरपोर्ट बाट बिराटनगर हुँदै ताप्लेजुङ भदौ २१ गते बिहान १स्३० बजे कार्यक्रमलाई सम्बोधन गर्न ताप्लेजुङ आईपुगेका थिए १ सभापति लामिछानेले भदौ २१ गते दिउसो ११ बजे खुल्ला सभालाई सम्बोधन गरे । रास्वपा सभापति रबि लामिछानेलाई हेर्न र सुन्न दोस्रो दिन पनि दोहोर्याए पाँच हजार अधिक शुभेच्छुकहरुको उपस्थिति देखिएको रास्वपा ताप्लेजुङले बताएको छ । सभापति लामिछानेले सम्बोधनमा पन्चायत निरङ्कुस रहेको, पन्चायतलाई फालेर मुलुक सङ्घिय लोकतान्त्रिक गणतन्त्रमा सम्म पुगेको , सत्तासीनहरुको लोलुप्त्ताको कारण र कार्यकर्ता भर्ती केन्द्र बनाएर प्रतिनिधि सभा र बिशेषत प्रदेश सभाको अधिक सदस्यको कारण मुलुकले ठूलो राशी अनाहकमा खर्चिनु परेको बताए । उनले भने,ू रास्वपा संविधानमा उल्लेख भएका कुनै पनि ब्यबस्था ९सङ्घियता र प्रदेश०को खिलाफमा छैन तर यो किफायती र उपादेयतामुलक हुनै पर्दछ। आजको दिनमा हरेकको घरमा बैदेशिक रोजगारी र शिक्षाको कारण बिदेश पलायन हुनेको ठुलो भिड दैनिक अन्तर्राष्ट्रिय बिमानस्थलमा रहने र मेरो बाबुको पार्टी भनेर यस्तै परिपाटी अङ्गाल्दै जाने हो भनेरु अब तपाईको नाति र नातिनी हैन पनाति पनातिनीको समेत नियती यस्तै रहने र मुलुकको आर्थिक अवस्था झनै दुराशायी बन्दै जाने भन्दै अबको बिकल्प राष्ट्रिय स्वतन्त्र पार्टी रहेको जिकिर गरे । गाउँ गाउँबाट जागेर असल, ईमान्दार र जान्नेलाई चिन्ने अनि आफैले छानेर आफ्नो जनप्रतिनिधि बनाएर आफ्नो गाउँ आफू बनाउनुस भन्दै आम ताप्लेजुङ बासीलाई आग्रह गरे । कथमकदाचित ती तपाईंका प्रतिनिधिले गलत काम गरेको खण्डमा तत्काल छानविन गरि कारवाही गर्ने पद्दती भएको केवल रास्वपा मात्र रहेको समेत उद्घोष गरे । ताप्लेजुङले रोजेको जनप्रतिनिधि नै अहिले सम्म नपाएर बिकास हुन नसकेको समेत बताए । उनले भने,ू पाथीभरा माता मुकुम्लुङको काखमा बसेर वाचा गर्छु कि, रास्वपामा गरेको लगानीबाट ब्यक्तिगत फायदा लिने ब्यक्ति र समूह आफुलाई आवश्यक नपर्ने र आफ्नो पनि ब्यक्तिगत र पारिवारिक कुनै फायदा राखेको छैन र सोचेको पनि छैन । योजना र मन शुद्धी नभएका ब्यक्तिहरुबाट यो मुलुकको बिकास र समृद्धिको आस गर्नु गलत हुने र त्यो बिगत निकै दसकको नेपाली राजनीतिले प्रष्ट पारिसकेको र अब कहिकतै नभुलिन आग्रह गर्दछु ।ू साथै सभापति लामिछानेले सार्वभौम नेपाली नागरिकलाई वेच्ने ब्यक्तिको दलिय हैसियत सम्म निलम्बन गर्न नसक्ने दललाई जनताले पुजा गर्नु बाध्य पारिरहेकालाई कहिले सम्म झेल्नु हुन्छरु भन्दै ताप्लेजुङलाई जाग्न आव्हान गरे । कार्यक्रम लगत्तै जिल्ला सदरमुकाममा रहेको नमुना माद्यामिक बिद्यालय भानु जन मा।बि।को आईटी भवन, बिद्यालय निरीक्षण र ब्यबस्थापन सँग छोटो भलाकुसारी समेत गरेका थिए । त्यसपछि उद्योगी, ब्यबसायी, कृषकहरु सग छलफल गरि पाथीभरा र मुकुम्लुङको दर्शन हेतुले माथील्लो फेदिमा स्थानीय सँग छलफल गरेका थिए ।अधिकांसले सुकेटार ( काफ्लेपाटी सडकको कालोपत्रे सम्बन्धमा गुनासो गरे भने केहिले केवलकारको कारण आफ्नो रोजिरोटी गुम्ने र सो आयोजनाको कारण माथिल्लो फेदिका तमाम उद्योगीहरुले बिस्थापित हुनु पर्दा कस्तो मुआव्जा पाउन सकिन्छरु भनी सोधेका थिए र केहिले केवलकार बन्न नहुने सुझाए । त्यसपछि सभापति लामिछानेले पाथीभरार मुकुम्लुङ र फाल्गुनन्दको दर्शन समेत गरेका थिए। त्यस्तै प्रदेश कमिटी सदस्य ई। वीरेन्द्र श्रेष्ठले जेष्ठ ७, २०८० मा हातको औंलामा गन्न सकिने सदस्य सङ्ख्याले कार्यालय स्थापना गरेको तीन महिनामै यति ठूलो शुभेच्छुकहरुको उपस्थिति हुनुले रास्वपा प्रती जनताको बिश्वास र भरोसा शहर बजारमा मात्र हैन गाउँगाउँमा समेत प्रगाढ बनिसकेको साथै सदाचारी समाज निर्माण गर्न रास्वपा बाहेक पुराना दलको ल्याकत नै नपुग्ने बताए । जिल्लामा बिकास, स्वनिर्भर र प्राकृतिक स्रोतसाधनको अधिकतम सदुपयोग गरि जिल्लालाई कसरी समृद्धि उन्मुख गराउने भन्ने बिषयमा गम्भीर छलफल हुन र माष्टर प्लान तैयार गरि १५ बर्ष जिल्लाको बिकास र समृद्धिमा जुट्न सबैलाई उनले आव्हान गरे । त्यस्तै उनले सिमा रहित, भुगोल रहित सुचना प्रबिधीको बिकासमा अधिकतम जोड दिई जिल्लाका युवाहरुलाई आत्म निर्भर मात्र हैन बिश्व स्तरीय रोजगारीको सृजना नेपालमा र अझ पुर्वी कुना ताप्लेजुङमै गर्न सकिने र यसमा सबैजनाले जोडदिनु पर्ने बताए । बहानन्दे ( दोभान सडक, सुकेटार ( काफ्लेपाटी सडक लगायत अनेकन सडकहरुमा निर्माण कम्पनी गलत परेर काम हुन नसकी जनताले अत्यन्तै दुख मात्र हैन सडकमा जोखिम, जनतालाई यात्राको लागत र समयको भार अधिक परिरहेको श्रेष्ठको भनाई रहेको थियो । राजमार्ग बाट जिल्लाको सबै भन्दा नजिकको पालिका पाथीभरा याङवरकको सदरमुकाम जोड्ने सडक सम्म कालोपत्रे हुन नसक्नु आफैमा बिडम्वना भएको,बिकास निर्माणका योजनाहरुको माष्टर प्लान तयार गरि जो जसको सरकार आए पनि त्यहाँका योजनाहरुलाई आफ्नो गतिमा चल्न दिनु पर्ने,ईन्जिनियरिङ बेगर गरिएका कामहरु अवैधानिक ठहर्याउनै पर्ने नीति नल्याई ठालुको आशिर्वादले हुने मनखुसी बिकासले राज्यको ढुकुटी मात्र रित्तो हुने तर बिकास नहुनेमा ईन्जिनियर श्रेष्ठको जोड थियो । डाक्टर तोसिमा कार्कीले आफ्नो ओझपुर्ण मन्तव्य समापन गरि जिल्ला अस्पतालको अवलोकन भ्रमण गरेकी थिइन भने कार्यक्रमलाई प्रदेश कोषाध्यक्ष चन्द्र राई, प्रदेश सभापति राजेश तिमल्सिना, केन्द्रिय सङ्गठन बिभाग प्रमुख कबिन्द्र बुर्लाकोटी समेतले सम्बोधन गरेका थिए । कार्यक्रममा पार्टीका साँस्कृतिक संयोजक देउमान पालुङ्वाको नेतृत्वमा आधा दर्जन नृत्य, के(लाङ प्रदर्शन गरेका थिए भने पहिलो दिनमा र्यापीट एक्सन टीमले जिल्ला संयोजक दावा शेर्पाले चोटिलो बक्तव्य सहित स्वागत मन्तव्य राखेका थिए भने दोस्रो दिन नगर संयोजक राजन गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको दोस्रो दिन क्षेत्रीय निर्वाचन समिती सदस्य सचिव दुर्गा न्यौपानेले जिल्लाको बिषयबस्तु उठान गरेका थिए भने दुबै दिनको कार्यक्रम नगर सचिव युवराज बरालले सन्चालन गरेका थिए । विभिन्न उपसमितिहरुको अत्यन्तै चुस्त दुरुस्त कार्य र समन्वयले खुला सभा कार्यक्रम सभ्य, भब्य अनि सफल भयेको बताउने मुलसमितीका सम्योजक ई। वीरेन्द्र श्रेष्ठ आम जिल्ला वासिले रास्वपा प्रति देखाएको चासो, शुभेच्छा, सद्भाव र सहभागिता प्रती आफू र रास्वपा ताप्लेजुङ उत्साही रहेको र यसले थप उर्जा बढाएको बताउँछन । साथै श्रेष्ठल भने,ूकार्यक्रम सफल पार्न सहभागी भै सहयोग गर्ने,आम ताप्लेजुङ्, पाँचथर र तेह्रथुमबासी आमा बुबा दाजु भाई दिदीबहिनीहरु, फुङलिङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ् र सम्बद्ध सुरक्षा निकायहरु, रेडियो कावेली, रेडियो ताप्लेजुङ्, रेडियो तमोर, हेडलाईन टिभि, मालिका खवर, रेडडट मेडिया, सन्तोष पुर्कुटी टिभी, शुभ टिभी, जिल्लाका घण्टी मित्रहरु, र्यापीड एक्सन टीम,मुलुक बाहिरबाट सहयोग गर्नु हुने तमाम श्रद्धेय मनहरु, होटल प्यारिज ताप्लेजुङ्, सन लाईट साउण्ड सिस्टमका सुर्य आङ्देम्बे, ताप्लेजुङ् साउण्ड सिस्टमका मोहन गुरुङ, विभिन्न सङ्घ सस्थाहरु, ट्याक्सी स्टेण्ड तोक्मेडाडाको जमिन उपलब्ध गराउनु हुने श्रद्धेय ब्यक्तित्व, प्रत्यक्ष अनि परोक्ष तवरले सहयोग गर्नुहुने तमाम परिवर्तन पक्षधर सुशासन र समृद्धिका हिमायती आम महानुभावहरु र केन्द्र र प्रदेशका पदाधिकारीहरुमा हार्दिक आभार ब्यक्त गर्दछु।