ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिका भित्रका कक्षा १२ उतिर्ण गरि पाथीभरा क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्न चाहने विधार्थीहरुसँग छलफल गरेको छ । आईतबार क्याम्पसमा पुगेर विधार्थी र प्राध्यापकसँग पालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले छलफल गरेका हुन् ।

छलफल कार्यक्रममा बोल्दै अध्यक्ष लिम्बुले भने,“फक्ताङलुङ स्थायी घर भएका र कक्षा १२ उतिर्ण गरेका र पाथीभरा क्याम्पसमा नियमित रुपमा अध्ययन गर्न चाहने विधार्थीले पुर्ण छात्रावृत्ति पाउने छन् । छात्रावृत्ति प्रदानको पहिलो चरणमा स्वंय अध्ययन गर्ने बिधार्थीसँग छलफल गरिएको हो । अब क्याम्पस र पालिकाको समन्वयमा विधार्थीलाई छात्रवृत्ति प्रदान गर्ने छौँ । आर्थिक अभावका कारणले नै कसैले पनि पढाईलाई बिचैमा छोड्न बाध्य हुन नपरोस् भनेर हामीले छात्रवृत्ति कार्यक्रम अघि सारेका हौँ । र यसमा सहभागी हुन पालिकाका उच्च शिक्षा अध्ययन गर्न चाहने सबै बिधार्थीलाई आग्रह गर्दछु।”

आर्थिक वर्ष २०७९÷८० बाट पालिका भरि कक्षा पाँचसम्म अंग्रजी माध्यबाट पठनपाठन सुरु गरेको पालिकाले शिक्षामा सुधार गर्दै फक्ताङलुङको साक्षरताई वृद्धि गर्न उच्च शिक्षा अध्ययनको लागि छात्रावृत्ति प्रदान गरिएको जनाएको छ ।

फक्ताङलुङले चालु आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेटमा नै पालिकाको साक्षरता दर बढाउन माध्यमिक तह अध्ययन गरि सकेपछि जिल्ला कै पाथिभर क्याम्पसमा अध्ययन गर्न चाहने विधार्थीलाई छात्रावृत्ति प्रदान गर्ने कुरा उल्लेख गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्