डोकोमा सामान बोकेर टावर निर्माण, फोर जि सेवा सुरु भएपछि स्थानी भने हर्षित

एलिना दियाली

ताप्लेजुङ । क्षेत्रफलको हिसाबले नेपाल कै तेस्रो ठुलो गाउँपालिका । प्राकृतिक सुन्दरताले भरिपुर्ण । विश्व कै तेस्रो र नेपाल कै दोस्रो अग्लो कञ्चनजङघा हिमाल, सिङ्जेमा ताल, नेपालको दोस्रो पुरानो दिकिछ्योलिङ गुम्बा सहित अन्य पर्यटकीय क्षेत्रले भरिपुर्ण फक्ताङलुङ गाउँपालिका । यी सबै चिज भएपनि फोर जि सेवा नहुँदा यहाँका स्थानीयहरु आफन्तसँगै टाढिएर बस्नु पर्ने स्थिती रहेको थियो । नम्बरमा कल गर्न पनि कुनै ठाउँ फोन लाग्ने कुनै ठाउँ नलाग्ने । भनेको बेला कुरा गर्न कठिन थियो भने ईन्टरनेट त परको कुरा ।
जब गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष नै लागे । तब युवाहरुले पनि होस्टेमा हैँसे गरे । टावरका सामाग्री डोकोमा बोक्न सुरु गरे ।
गाउँपालिकाको हान्द्रुङसम्म ट्याक्टर जान्छ । त्यपछि गोरेटो बाटो भारी बिना जाने हो भने लोवा डाँडासम्म पुग्न दुई घण्टा उकालो हिड्नुपर्छ । टावरका सामानहरु बोकेर लोवा डाँडा सम्म पु¥याउन ४ घण्टा हिड्नुपर्छ ।


पालिका अध्यक्ष राजन लिम्बु (मुक्ति), उपाध्यक्ष विकास साम्रा,कार्यपालिका सदस्य मिङ्मा डण्डु शेर्पा लगायतका युवाहरुले डोकोमा नै टावरका आवश्यक सामाग्रीहरु बोकेर डाँडासम्म पु¥याए । नेपाल टेलिकमसँगै,पालिका र अन्य युवाहरुको निरन्तरको प्रयासबाट टावर निर्माण सम्पन्न भयो । बुधबारबाट फोर जि सेवा सुरु भएपछि स्थानीय भने खुसि भएका छन् । विभिन्न परिस्थितीले गाउँ बाहिर रहेकाले आफ्नो घर परिवार सँग कुरा गर्न पाउँदा खुसि हुँदै खुसिका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।


फत्ताङलुङ गाउँपालिका ७ लुङथुङ की याङजोङ शेर्पाले धेरैपछि आमासँग कुरा गर्न पाएकोमा खुसि व्यक्त गर्दै फेस्बुकमा पोस्ट गरिन् । विवाह गरेर पापुङ पुगेकी उनलाई आमासँग प्रत्यक्ष भिडियो कलमा कुरा गर्न पाउँदा निकै खुसि भएको बताएकी छन् ।
त्यस्तै स्थानीय तेन्जिङ वालिङले पनि फोर जि सेवा सञ्चालन संगै फक्ताङलुङ–६, ७ को लेलेप, सेकाथुम, लुङथुङ, ओलाङचुङ गोला, ताप्लेजुङ, काठमाण्डौं, अमेरिका बस्ने सबैजना एकै ठाउँमा भेला भएर खुशी साटासाट गर्दै भनेर फेस्बुकमा खुसि व्यक्त गरेका छन् । प्रताप प्रकाश हाङ्गाम प्रदेशको उद्योग,श्रम तथा रोजगार मन्त्री रहँदा वालिङ स्वकीय सचिव रहेका थिए । उति बेला देखि नै उनले फोर जि टावर विस्तारका लागि प्रदेश सरकार समक्ष पहल गरेका थिए ।


उनले भने,“ निकै लामो प्रयास पछि फोर जि सेवा विस्तार भएको छ । गाउँ बाहिर रहेकासँग देश बाहिर रहेकासँग कुरा गर्न पाउँदा एकदमै खुसि लागेको छ । विशेष गरि लुङथुङमा सहयोग रकम संकलन गरेर बौद्ध गुम्बा बनाई रहेका छौँ । त्यस्को लागि गुम्बाको प्रगती विश्व भर रहेका सहयोगिहरुलाई देखाउन सहज भएको छ । नत्र भने सदरमुकाम पुगेर तस्विरहरु पठाउनु पर्ने झन्झट रहेको थियो अब भने त्यो झन्झट हटेको छ ।”


कामको शिलशिलामा होस् या रोजगारीको शिलशिलामा घर छोड्न पुगेका हरुलाई घरको यादले सताउने गर्छ । कुरा गर्न नपाउँदाको पिडा बेग्लै हुन्छ । तर यति बेला प्रत्यक्ष भिडियो कलमा कुरा गर्न पाउँदा गाउँ बाहिर रहेका स्थानीय खुसि भएका छन् ।


यसै बिच गाउँपालिका अध्यक्ष लिम्बुले भने “लोवा डाँडाको टावर बाट फोर जि सन्चालन भए पछि नजिकका गाउँहरु लाभान्वित भएका छन् । बाध्यताले परिवार देखी टाढा रहनु पर्ने परिवार सदस्यहरु बीच भेटघाट भएको छ, वर्षौसम्म कुराकानी गर्न नपाएका परिवार बिचमा कुराकानी हुन पाउँदा उनिहरुको मुहारमा खुसि छाएको छ । ती खुसीको मुहारहरु हाम्रोलागि बीशेष बन्यो, यो टावर बनाउन धेरै श्रमदान गर्नु भएको छ, श्रमदानमा उपस्थित हुनुहुने सबैमा उच्च सम्मान सहित हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु ।”


साथै उनले टावर सन्चालनमा ल्याउन विभिन्न तह र तप्कामा रहेर सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै मुरिङ्ला टावरकोमा फोर जि सेवा आगामी असोज सम्ममा र ओलाङ्चुङ गोला साथै घुन्सा गाउँमा सर्भे हुँदै गरेको र चाँडै त्यहाँ पनि जोड्ने बताए ।


त्यस्तै पालिका उपाध्यक्ष साम्राले भने,“पालिकामा निर्वाचित हुँदै गर्दा देखिको अथक मेहनत र प्रयास पछी लेलेपको माथिल्लो क्षेत्रहरु बतासे, पिपलचोक, लेलेप, लुङ्थुङ, लावाजिन, इलाडाँडा, किसङ्मा र तापेथोकको हेल्लोक, सेङ्वा लगायतको क्षेत्रहरुमा नेपाल टेलिकमको फोर जि सेवा संचालनमा आएको छ । हामीले गरेको यो प्रयासले सार्थकता पाउँदा मन एकदम हर्षित भएको छ । आगामी दिनमा हामीले गरेका अन्य वाचाहरुलाइ पनि यसरी नै पूरा गर्दै जान हामी तम्तयार र प्रतिवद्ध छौँ ।”


उक्त फोर जि टावरबाट करिब ३ हजार जनसंख्या लाभान्वित भएका छन् । साथै गाउँपालिकाबाट प्रवाह हुने सेवामा समेत सहज भएको पालिकाले जनाएको छ । यस अघि फोर जि सेवा नहुँदा पालिकाबाट प्रवाह हुने सेवामा समेत कठिनाई भएको थियो भने गाउँपालिका भित्रिने आन्तरिक तथा बाह्य पर्यटकले समस्या झेल्दै आएका थिए । फोर जि सेवा सञ्चालन भएसँगै पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा गाउँपालिकाको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्