तोक्पेगोला समाज सेवा समितीको अध्यक्षमा नुपु छिरिङ ढोक्प्या

ताप्लेजुङ । तोक्पेगोला समाज सेवा समितीको अध्यक्षमा नुपु छिरिङ ढोक्प्या चयन भएका छन् । शनिबार भएको समाज सेवाको समितीको तेस्रो अधिवेशनले ढोक्प्यालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।


त्यस्तै उपाध्यक्षमा निन्जुम ढोक्प्या, सचिवमा चुङदाक ढोक्प्या, सहसचिवमा दावा छेतेन ढोक्प्या र कोषाध्यक्षमा चुङगिक ढोक्प्या सहित १३ सदस्यीय जिल्ला समिती सर्वसम्मत चयन भएको छ ।


साथै अधिवेशनले तोक्पेगोलामा जन्मिएर विभिन्न स्थानबाट जनप्रतिनीधिमा निर्वाचित व्यक्तित्वलाई सम्मान गरेको छ । ताक्पेगोलाको गरिमालाई उच्च बनाएको भन्दै समितिले जिल्ला समन्वय समिति प्रमुख छिरिङ शेर्पा, मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा, वडा नं.५ अध्यक्ष ग्यान्जे शेर्पा, वडा नं. ५ का महिला सदस्य फुपु लामु शेर्पा, रेन्जिन तोप्ला शेर्पालाई सम्मान पत्रले सम्मान गरेको हो ।


अधिवेशनमा हालसम्मको प्रगति विवरण निवर्तमान सचिव मिङमा शेर्पाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवदेन निवर्तमान कोषाध्यक्ष पासाङ लमु शेर्पाले प्रस्तुत गरेकी थिईन् ।


ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तोक्पेपगोलामा मात्रै रहेको आदिवासी जनजातिमा सुचिकृत ढोक्प्याहरुको तोक्पेगोला समाज सेवा समितिको नव निर्वाचित समितिको कार्यकाल पाँच वर्षको रहने छ ।

सो समिति ले तोक्पेगोलाको मौलिक संस्कार संस्कृतिको संरक्षण साथै तोक्पेगोलाबासीको उत्थानका निम्ति काम गर्दै आएको छ ।

अधिवेशनमा रुपमा नेपाल आदिवासी जनजाति महासंघ ताप्लेजुङका उपाध्यक्ष वाङ्गे शेर्पाको प्रमुख आतिथ्यता, मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामाको विशिष्ट आतिथ्यतामा साथै सोही पालिका ५ नं. वडा अध्यक्ष ग्यान्जे शेर्पा र महिला सदस्य फुपु लामु शेर्पा लगायत विभिन्न जातिय संस्थाका अध्यक्ष एवम् पत्रकार महासंघका प्रतिनीधिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

अधिवेशनका तस्बिरहरु हेर्नुस :


प्रतिक्रिया दिनुहोस्