निशुल्क आ.म.श. शिविर सम्पन्न

ताप्लेजुङ । सिदिङवा गाउँपालिकाको लिम्बूदिनमा निशुल्क आ.म.श. शिविर सम्पन्न भएको छ । हेवेन्ली निर्भाणा पाथ नेपाल लिम्बूदिन गाउँ इकाईको आयोजनामा गत फागुन २४ गतेबाट सुरु भएको शिविर आज सम्पन्न भएको हो । 

सात दिन सम्म सञ्चालन भएको उक्त शिविरमा ३६३ जनाले सेवा लिएको हेवेन्ली निर्भाणा पाथ नेपाल जिल्ला शाखा ताप्लेजुङका सचिव रमेश नाल्बोले जानकारी दिएका छन् । उनका अनुसार, आ.म.श. भन्नाले आत्म, मन र शरीरको उपचार भन्ने बुझिन्छ । 

सरीर र मनको  उपचार भए पनि अहिले सम्म आत्मको भने उपचार हुन नसकेको उनले बताए । शिविरको अन्तिम दिन आज सर्वधर्म तथा प्रेमवाद दर्शन सम्बन्धी आध्यात्मिक प्रवचन समेत भएको थियो । निशुल्क शिविरको उद्घाटन सिदिङ्वा गाउँपालिका उप प्रमुख कृष्ण कुमारी कडरिया (बन्दना) को प्रमुख आतिथ्यतामा भएको थियो । 

विशिष्ट अतिथिहरूमा निमाछ्योलिङ गुम्बाका प्रमुख लामा धन बहादुर लामा, हेवेन्ली निर्भाणा पाथ नेपाल जिल्ला शाखा ताप्लेजुङका सचिव रमेश नाल्बो र आमश उपचार प्रशिक्षक केन्द्रीय एल. ए. एन. दिलकुमार राईको उपस्थिति रहेको थियो । 

यस्तै अतिथिको रुपमा विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्