कम्प्युटर साक्षरता अभियान मार्फत कम्प्युटर शिक्षा प्रदान गर्दै राइटस्टेप एजुकेशन एकेडेमी प्रकाशित मिति : 27 December, 2022 9:34 pm ताप्लेजुङ । राइटस्टेप एजुकेशन एकेडेमी कपिलवस्तुले कम्प्युटर साक्षरता अभियान मार्फत फुङलिङ नगरपालिका का २०० जना विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा प्रदान गर्ने भएको छ । एकेडेमीले ताप्लेजुङको फुङलिङ नगरपालिकामा रहेको पाथिभरा कम्प्युटर सेन्टर सँगको सहकार्यमा एस.ई.ई. पास गरेका विद्यार्थीहरूलाई उक्त शिक्षा प्रदान गर्न लागेको हो । ५८ वटा जिल्लामा अभियान चलाई सकेको यो एकेडेमीले फुङलिङ नगरपालिकामा भने पहिलो पटक अभियान चलाउन लागेको एकेडेमीका डाइरेक्टर दिपेन्द्र शर्मा पौडेलले जानकारी गराएका छन् । पौडेलका अनुसार उक्त शिक्षाको लागि प्रवेशिका परिक्षा पुष १५ गते हुने भएको छ । यस्तै छात्रावृत्तिको पनि व्यवस्था गरिएको छ । जसमा फरक क्षमता भएका विद्यार्थी, आर्थिक क्षमता कम भएको, अभिभावक नभएको, उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई छात्रावृत्तिको व्यवस्था गरिएको छ । जसको लागि सम्बन्धित स्थानीय तहको सफारिस अनिवार्य गरिएको छ । विद्यार्थीहरूले एक वर्षमा पाँच वटा कोर्ष पुरा गर्ने छन् । जसमा कम्प्युटर बेसिक, कम्प्युटर डिजाइनिङ, कम्प्युटर एकाउन्टिङ, कम्प्युटर प्रोग्रामिङ र कम्प्युटर हार्डवेयर एण्ड नेर्टवकीङ रहेको पौडेलले बताए । यसको लागि एक वर्षमा जम्मा पाँचदेखि ९ हजार सम्म मात्र खर्च विद्यार्थीहरूले बेहोर्नु पर्ने छ । यो अभियान जम्मा ८० वटा स्थानीय तहहरूमा सञ्चालन भइरहेको पनि उनले बताए ।