पिताको शोक बोकेका मानन्धर सेतै कपडामा जेसिजको चुनावी मैदानमा


काठमाडौं । सेतै कपडा सहित मुहारमा मुस्कान । मन पिडा लुकाएर भएपनि ओठमा मुस्कान ल्याउन कम सजिलो कुरा होईन भने पिडा व्याथाका बाबजुद पनि नेपाल जेसिज हाँक्छु भन्ने हिम्मत हुन चानचुने विषय होइन् । बुबाको शोक बोकेर पनि सेतै कपडामा जेसिज अभियानमा लागि रहेका छन् काभ्रे जेसिजका विकास मानन्धर । जो २००९ देखि निरन्तर जेसिज यात्रामा अनवरत लागि रहेका छन् ।

शाखाको विभिन्न पद सम्हाल्दै नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष,राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र महासचिवको समेत जिम्मेवारी कुशलता पुर्वक सम्हालि सकेका मानन्धर यस पटक भने पितृ शोक बोकेर पनि राष्ट्रिय अध्यक्षको रुपमा उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।

जो एक पटक को पराजयबाट थाक्दैन । दोस्रो पटक उठ्छ । फेरि पराजय व्यहोर्छ । तेस्रो पटक फेरि हिम्मत नहारी प्रतिष्पर्धामा कम्मर कसेर लाग्छ । तिनै पात्र हुन् विकास मानन्धर जसलाई यस पटक तपाईको मन र मतको आवश्यकता परेको छ नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा विजयी वनाएर नेतृत्वमा उभ्याउनका लागि ।


जेसिज अभियानमा लागि रहेका विकासले २०१९ मा चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ राष्ट्रिय सम्मेलनमा पराजय व्यहोर्नु प¥यो । त्यो पराजयको घाउ निको हुन नपाउँदै भाई कृष्ण मानन्धरको शोक सहनु प¥यो । भाईको मृत्युको शोकलाई मनमा दबाउँदै, सम्हालिएर जेसिज अभियानमा लागि रहे । दोस्रो पटक फेरि चुनावी मैदानमा होमिए । तर भद्र सहमति गरेर उम्मेदवारी फिर्ता लिए । उनले महासचिवमा नै चित्त बुझाए ।

२०२१ मा फेरि चुनावी मैदानमा होमिए । फेरिपनि नतिजा उनको पक्षमा आएन । उनि फेरि तेस्रो पटक अहिले २०२३ को राष्ट्रिय अध्यक्ष बनेर नेपाल जेसिजलाई हाँक्न तम्तयार भएर लागि परि रहेका छन् । जेसिज अभियानका क्रममा यो साल उनको बुबाको क्यान्सरका कारण मृत्यु भयो । घरको मियो ढल्यो । उनको खुसी आँधी तुफान ले उडाई दियो बुबाको अकल्पनिय निधनले । आफुलाई जन्मदिन पिताको निधनले कति पिडा हुन्छ यो शब्दमा व्यक्त गरेर अपुरो नै रहन्छ ।

आफुले दुई पटक भोगको पराजय एक पटक भद्र सहमति गरेर उम्मदवारी फिर्ता लिएर सहमति पालना नहुनुको पिडा माथि आफ्नाको पिताको मृत्युको बज्रपातलाई पनि चुपचाप सहेर मनमा भएका हजारौँ पिडाहरु, लाखौ वेदनाहरु लुकाएर पनि समुन्द्र झै शान्त,हिउँ जस्तै ओठमा मुस्कानका साथ नेपाल जेसिजमा योयगदान गर्ने हिमाल झैँ अटल अठोट बोकेर मानन्धर लागेका छन् ।

मानन्धरले यस पटक अन्तिम पटक आफु प्रत्यक्ष निर्वाचमा भाग लिई रहेको साथै आफुले जेसिज नै जिवन ठानेर २००९ देखि लागि परि रहेकोले मत दिएर विजयी गराई दिन देशभरका सम्पुर्ण शाखाका जेसिज महानुभावहरु अपिल एवं अनुरोध गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्