२०२३ को लागि नेपाल जेसिजको राष्ट्रिय अध्यक्षका उम्मेदवार मानन्धर जेसिजका “एक योद्धा”


काठमाडौं । नेपाल जेसिजको यहि पुष ७ गतेबाट विरगञ्जमा राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । जसमा राष्ट्रिय अध्यक्षको रुपमा फेरि तेस्रो पटक आफ्नो उम्मेदवारी लिएर चुनावी मैदानमा होमिएका छन् विकास मानन्धर । काभ्रे जेसिजको तर्फबाट नेपाल जेसिज वर्ष २०२३ को लागि राष्ट्रिय अध्यक्षको रुपमा उम्मेदवार बनेका मानन्धर जेसिजमा लागि परि रहेका एक अथक योद्धा हुन् । किनकी हर कोहीले एक पटक होईन दुई पटक हार व्यहोरेपनि थकानको महसुश नगरि नै तेस्रो पटक चुनावमा भाग लिँदैनन् । तर मानन्धर उहि जोश जाँगर र हिम्मतका साथ नेपाल जेसिज वर्ष २०२३ लाई हाँक्न कम्मर कसेर लागेका छन् । आफुले जेसिलाई नै आफ्नो जिवन ठानेर लागेकोले सबै जेसिज महानुभावहरुलाई मत दिएर विजयी गराईदिन मानन्धरले आग्रह गरेका छन् । उनले भने,“ मैल जेसिजमा प्रवेश गरे देखि नै जेसिजलाई आफ्नो जिवन ठानेर लागि रहेको छु । दुई पटक उपविजेता भए तर पनि हिम्मत नहारिकन लागि रहेको छु ।

एक पटक सहमति अनुसार उम्मेदवारी फिर्ता गरे । यसपटक फेरि तेस्रो पटक यहाँहरु माझ नेपाल जेसिजको नेतृत्वमा पुगेर योगदान गर्ने उद्देश्य र लक्ष्यका साथ चुनावी मैदानमा छु । यहाँहरुले मत दिएर विजयी गराईदिनु हुनेछ भन्ने विश्वास लिएको छ÷मत दिनको लागि अनुरोध गर्दछु ।”

त्यस्तै १९९९ का काभ्रे जेसिजका अध्यक्ष ईन्द्र भैला सभ्य शिष्ट,सहनशिल,मिलनसार,दुरदृष्टि,र मिजासिलो स्वाभावका साथ जेसिजलाई जिवन ठान्ने मानन्धर तेस्रो पटक पनि हिम्मतका साथ चुनावी मैदानमा होमिएकोले सबैले मत दिएर विजयी गराई दिन आग्रह गर्छन । उनले भने,“ विकास मानन्धर एक असल आचरण,दुरदृष्टि,सहनशिल,ईमानदार,सभ्य शिष्ट र मिजासिलो स्वाभावका व्यक्ति हुन् । २००९ मा जेसिजमा प्रवेश गरेपछि उनले जेसिजलाई आफ्नो जिवन ठानेर लागि परि रहेका छन् । त्यसमा तिन तिन पटक उम्मदवारी दिएर चुानवीमा होमिनु सहज कुरा पनि होईन । यो हिसाबमा पनि यस पटक नेपाल जेसिजका सम्पु्र्ण शाखाका पदाधिकारीहरुले मत दिएर विजयी गराईदिन आग्रह गर्दछु÷विजयी गराईदिनुृ हुनेछ भन्ने विश्वास लिएको छु ।”

विकास मानन्धरको जेसिज यात्रा ?
२००९ मा काभ्रे जेसिजमा प्रवेश गरे सँगै मानन्धरले जेसिज यात्रा सुरु गरेका हुन् । त्यसपछि काभ्रे जेसिजको विभिन्न पदमा बसेर आफ्नो जेसिज कर्मलाई अगाडि बढाएका मानन्धर २०१४ मा शाखाको महासचिव भए । सोही क्रममा काभ्रे जेसिजले २०१४ मा नै राष्ट्रिय महाधिवेशन गरेको थियो जसमा महाधिवेशनको महासचिव भएर आफ्नो जिम्मेवारी कुशलतापुर्वक सम्पन्न गरे । जेसिज नै आफ्नो जिवन ठानेका मानन्धर २०१५ मा काभ्रे जेसिजको अध्यक्ष बने । सबैको सल्लाह अनुसार २०१७ मा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा उम्मदवारी दिएका मानन्धर विजयी पनि भए । सहनशिलता र मिजासिलो स्वाभवका प्रतिमुर्ति मानन्धरले २०१७ मा राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी पुरा गरे ।

उनको जेसिज प्रतिको लगाव,कार्य कुशलता र स्पष्ट विचारले उनलाई २०१८ मा राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष पदमा विजयी हाँसिल गरायो । उत्त पदको जिम्मवारी पनि उनले सफल रुपमा पुरा गरे । २०१९ मा नेपाल जेसिजको राष्ट्रिय अध्यक्षको उम्मेदवारी दिएर देश दौडाहामा निस्केका मानन्धरले लोकप्रिय मत पाए पनि उपबिजेतामा चित्त बुझाउनु प¥यो ।

जेसिज जिवनलाई एउटा यात्रा ठानेर अघि बढेका मानन्धर निराश भएर बस्नुको साटो अझ शसक्त रुपमा जेसिज अभियानमा लागि परे । जस अनुसार उनले २०२० मा फेरि राष्टिय« अध्यक्षको उम्मेदवारी दिए । तर भ्रद सहमति गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर महासचिवमा बसेका मानन्धरसँगको सहमति तत्कालिन अध्यक्षले तोडे । ईमान्दर मानन्धरलाई केवल पुल बनाएर तर्ने काम भयो । तरपनि उनले कसैलाई आरोप लाएन्न । कसैसँग रिसाएनन् । बरु अझ मिहेनत र जोशका साथ जेसिजमा लाग परि रहे ।

सोही क्रममा २०२१ मा फेरि राष्ट्रिय अध्यक्षको उम्मेदवारी दिए । तर दोस्रो पटक पनि नतिजा उनको पक्षमा आएन । उनले फेरि उपविजेतामा चित्त बुझाउनु प¥यो । दुई पटक उपविजेता र एक पटक भद्र सहमति गरेर उम्मेदवारी फिर्ता गरेर पनि मानन्धर फेरि तेस्रो पटक राष्ट्रिय अध्यक्षको रुपमा नेपाल जेसिजलाई हाँक्ने हिम्मतका साथ चुनावी मैदानमा छन् ।


प्रतिक्रिया दिनुहोस्