सुन्तलाले बजार नपाउँदा र झर्ने समस्याले सुन्तला कृषक चिन्तित प्रकाशित मिति : 19 December, 2022 7:40 pm तस्विर : “लोकेश” लोकेन्द्र लिम्बू “लोकेश”ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा सामान्यतया पाँच सय पाँच हेक्टर सुन्तला उत्पादनका लागि उर्वबर भुमि रहेको रहेको छ । भने कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार विशेष गरि ३ सय ९० हेक्टर क्षेत्रफलमा सुन्तला राम्रोसँग उत्पादन हुने गर्दछ ।तर उत्पादित सुन्तलाले बजार नपाउँदा र सुन्तला टिप्न नपाउँदै खस्ने समस्याले सुन्तला कृषक भने चिन्तित भएका छन् । फुङलिङ नगपालिका वडा नम्बर १ का आम्बोटेका बम बहादुर मादेन सुन्तला टिप्ने बेला हुनु अघि नै बोट बाट झरेको र वडाले औषधी वितरण गरेको भएपनि समस्या समाधान नभएको बताए । सुन्तला टिप्नु अघि नै सुन्तला भुँईमा झर्ने र बोट मर्ने समस्या भएकोले आफुहरु मर्कामा परेकोले उन्नत जातको बिरुवा र औषधि वितरण स्थानिय सरकारले गरिदिए सहज हुने उनको भनाई छ । त्यस्तै फुङलिङ नगरपालिका वडा नम्बर १ कै कल्पना पोमुको पनि समस्या उस्तै छ । उहाँपनि फलेको सुन्तला झर्ने समस्या रोकथाम गर्न र उत्पादित सुन्तलालाई बजारी करण गर्न व्यवस्था गरिदिए सहज हुने बताईन ।सोही वडाका सन्तोष सापकोटा पनि उत्पादित सुन्तला बोकेर सदरमुकामसम्म लानुपर्ने भएकोले कठिन भएकोले बजारीकरणमा स्थानिय सरकारले व्यवस्थापन गरिदिए आफुहरुलाई सहज हुने बताउँछन् । साथै उनले बिरुवा पनि सहज रुपमा नपाइएकोले स्थानिय सरकारले पैसा तिरेरै भएपनि विरुवा वितरण गरिदिए आफुहरुलाई सहज भए आफुहरु जस्तो युवाले विदेशीनुपर्ने अवस्था नहुने उनको भनाई छ ।गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्ला भरमा तिन हजार २६ दशमलब चार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जुन ७ दशमलब सात छ प्रति हेक्टर उत्पादन हुन आउँछ । जिल्लामा एतिका सुन्तला उत्पादन गर्ने कृषक हुँदापनि सम्बन्धित निकायले भने खासै चासो दिएको पाईएको छैन् । तस्विर लोकेन्द्र लिम्बू “लोकेश”