बिहीबार मध्यराति देखि ताप्लेजुङमा मादक पदार्थको बिक्री र सेवन बन्द


ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मंसिर १ गते बिहीबार मध्यराति देखि मंसिर ४ गते मतदान कार्य सम्पन्न नभए सम्मका लागि जिल्लाभरी मादक पदार्थको बिक्री बितरण तथा सेवन गर्न प्रतिवन्ध गरेको छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन स्वच्छव,निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन निर्देशिकाको व्यवस्था अनुसार उक्त निर्णय भएको जानकारी दिनुभयो । निर्णय प्रतिकुल कार्य गरे प्रचलित कानुन बमोजिम कारवाही हुने प्रजिअ पोखरेलले बताउनुभयो । मंसिर १ गते बिहीबार मध्यराति देखि मतदान कार्य सम्पन्न नभए सम्मका लागि जिल्लाभरी कोहिकसै व्यक्तिले कुनैपनि प्रकारको हातहतियार लिएर हिड्न समेत प्रवन्ध गरिएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासनको सूचना बिपरित कसैले हातहतियार लिएर हिंडेमा कानुन बमोजिम कारवाही हुने प्रशासन कार्यालयले जनाएको छ ।

सीमा नाका बन्द
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहीबार मध्यराति देखि मंसिर ४ गते मध्यराति सम्म भारत र चीनसंग सीमा जोडिएका ताप्लेजुङका सीमा क्षेत्र बन्द गरेको छ । बुधवार सूचना जारी गर्दै प्रशासन कार्यालयले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द हुने जनाएको छ । नेपालका ७७ जिल्लामध्ये ताप्लेजुङ र र दार्चुलाले मात्र भारत र चीन दुबैलाई छोएका छन् ।


प्रतिक्रिया दिनुहोस्