हिडेंर मतदानस्थल पुग्न नसक्ने मतदातालाई मतदानस्थल सम्म पु¥याउन सवारी पास अनिवार्य


ताप्लेजुङ। हिडेंर मतदानस्थल पुग्न नसक्ने प्रकृतिका मतदातालाई मतदान स्थल सम्म पुग्न चाहिने सवारीका लागि ताप्लेजुङमा सवारी पास अनिवार्य गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस निर्मला योङ्याको उपस्थिति तथा जिल्ला निर्वाचन व्यवस्थापन समितिको संयोजनमा बुधवार बसेको सर्बदलिय सर्बपक्षिय बैठकले दुईबुदें निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीका अनुसार हिडेंर मतदानस्थल पुग्न नसक्ने भनी सम्वन्धित वडा कार्यालले गर्ने सिफारिसका आधारमा सवारी पास उपलब्ध गराइने भएको छ । उम्मेदवारले लिएको पासका आधारमा चल्ने सवारीमा यस्ता मतदाता लैजान तथा ल्याउन नपाइने भएको छ ।

‘सवारी पासको अन्य प्रकृया निर्वाचन आयोगले तयार पारेको प्रकृया र मापदण्ड अनुसार हुने छ’सहायक निर्वाचन अधिकृत रेग्मीले भन्नुभयो । उहाँका अनुसार यहाँका राजनीतिक दलहरुले मौन अवधिमा पालना गर्नुपर्ने आचार संहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर १ गते मध्यराति देखि मौन अवधि सुरु हुन्छ ।


प्रतिक्रिया दिनुहोस्