दिपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित प्रकाशित मिति : 12 October, 2022 11:51 am काठमाडौं । गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । सत्तारूढ ५ दलीय गठबन्धन र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवार नउठाएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् । मनाङको प्रदेशसभा ‘ख’बाट उम्मेदवारी दिएका मनाङेविरूद्ध दोर्जे लामा गुरूङले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिन बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । उनको उम्मेदवारी फिर्तासँगै मनाङे निर्विरोध निर्वाचित भएका हुन् । दोर्जेको उम्मेदवारी फिर्तासँगै उक्त क्षेत्रमा मनाङे मात्र उम्मेदवार बाँकी रहेको बताइएको छ ।