मैवाखोला गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १ करोड ६० लाखको जग्गा निःशुल्क प्राप्त प्रकाशित मिति : 12 September, 2022 8:05 am ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि १ करोड ६० लाख मूल्य बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ । मैवाखोला–३, कोलडाँडामा विभिन्न दाताबाट प्राप्त जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेसन पास गरिएको छ । मैवाखोला–३ का नन्दकुमार फागो चोङ्बाङ, धनमाया लिम्बुनी, धनरानी लिम्बू र देवीकुमार लिम्बूले २० रोपनी जग्गा गाउँपालिकालाई प्रदान गरेको गाउँपालिका अध्यक्ष विजय वनेमले जानकारी दिए । विगत पाँच वर्षसम्म प्राप्त हुन नसकेको जग्गा आफूहरु निर्वाचित भएर आएको चार महिनामै जग्गा गाउँपालिकाको नाममा प्राप्त गर्न सफल भएको अध्यक्ष वनेमले बताए । जग्गा प्राप्तिसँगै अब गाउँपालिकाको प्रशासकीय भवन निर्माणको प्रक्रिया अघि बढाइने उनले बताए ।