विस्फोटक पदार्थ प्रयोग गरेर भत्काइयो नोयडाका ‘ट्विन टावर’ प्रकाशित मिति : 28 August, 2022 4:39 pm काठमाडौं । भारतको नोयडाको सेक्टर ९३ ए मा रहेको अवैध रूपमा बनाइएको विवादास्पद ट्विन टावर भत्काइएको छ । झन्डै ३७ हजार किलो विस्पोटक पदार्थ प्रयोग गरेर ९ सेकेन्डमै ट्विन टावर भत्काइएको बीबीसी हिन्दीले जनाएको छ । एपेक्स र केएन नाम गरेको टावरलाई सुपरटेक बिल्डरले बनाएको थियो । ३० तले यी भवनलाई ट्विन टावर भनिन्थ्यो । यसको उचाइ तीन सय २० फिटभन्दा धेरै थियो । यी भवन भारतमा भत्काइएको सबैभन्दा ठूलो भवन थियो । यो नोयडाको बाक्लो बस्ती रहेको क्षेत्रमा थियो । सावधानी अपनाउँदै यी भवन नजिकको समुदायमा रहने मानिसलाई घरबाट खाली गराइएको थियो । नोयडा अथोरिटीका अनुसार यी टावर भत्काइएपछि पर्यावरण संरक्षणको उद्देश्यबाट प्रभावित क्षेत्रहरूमा सडक, फुटपाथ, रुखबिरुवाको सफाइका लागि पानी ट्याङ्कर, मेकानिकल स्वीपिङ मेशिन र सफाइ कर्मचारी खटाइएको छ