माओवादीले मन्त्रीको नाम सिफारिस नगरेपछि मुख्यमन्त्री शाहीले आफैसँग राखे पर्यटन मन्त्रालय प्रकाशित मिति : 10 August, 2022 9:43 am काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न ढिलाई गरेपछि कर्णालीमा मन्त्रिपरिषद हेरफेर गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका कार्चेन लामाको ६ महिने कार्यकाल सोमबार सकिएको थियो । तर सोमबार बसेको माओवादी संसदीय दलको बैठकले मन्त्रीको नाम सिफारिस नगरेपछि मन्त्रिपरिषद हेरफेर गरिएको हो । उक्त मन्त्रालय मुख्यमन्त्री जीवनबहादुर शाहीले आफै राखेका हुन् । मंगलबार मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रिपरिषद हेरफेर गरेका हुन् । उक्त मन्त्रालयमा माओवादीले डोल्पाका वीरबहादुर शाहीलाई पठाउने चर्चा थियो ।